२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

मुख्यमन्त्री कँडेलको निर्देशन : “पुरानो कार्यशैली त्यागेर जनताको सेवक बन्नुहोस्”

मुख्यमन्त्री कँडेलको निर्देशन : “पुरानो कार्यशैली त्यागेर जनताको सेवक बन्नुहोस्”
अ अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्मचारीलाई परम्परागत शैली त्यागेर नागरिकमुखी सेवामा केन्द्रित हुन निर्देशन दिएका छन्।

आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले मन्त्रालय जनताको सेवामा खटिने थलो हो भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिए।

उनले मन्त्रालयलाई “दुःख दिने अड्डा” होइन, “सेवाग्राहीलाई सहजीकरण गर्ने थलो” का रूपमा बुझ्न आग्रह गर्दै भने, “यहाँको जिम्मेवारी सम्हालेपछि म पनि सेवक हुँ, शासक होइन भन्ने हेक्का राखेको छु। तपाईँहरूबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गर्दछु।”

कँडेलले नीतिगत तहमा मन्त्रीहरूको सहजीकरण भए पनि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने काम कर्मचारीको हातमा हुने भएकाले, सेवाग्राहीप्रति जिम्मेवार बन्न आग्रह गरे। उनले भने, “नागरिकले सरकारी निकायबाट नयाँ ढङ्गको सेवा खोजिरहेका छन्। अब नेतृत्व पदको भरमा होइन, कार्यसम्पादन र नैतिकताको आधारमा गरिनुपर्छ।”

मुख्यमन्त्री कँडेलले केही कर्मचारीले नियमनअनुसार गर्न सकिने कामसमेत पन्छ्याउने प्रवृत्ति देखाएको गुनासो गर्दै सो प्रवृत्तिमा सुधार ल्याउन चेतावनी दिए। “काम गर्न सक्नुहुन्न भने आफ्नो भूमिकाबारे अहिले नै सोच्नुहोस्,” उनले भने, “काम रोक्ने होइन, नियमसंगत ढंगले पूरा गर्ने हो।”

कार्यक्रममा मन्त्रालयका सचिव डा. पुष्पराज शाहीले पत्रकार स्वास्थ्य बीमा, नागरिक घर बीमा, र विपद् पीडित राहत वितरणजस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। यस वर्ष मन्त्रालयको कूल प्रगति ७१ प्रतिशत रहेको उनले बताए।