४ असार २०८३, बिहीबार
,
Latest
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन विधेयक आजको संसदको कार्यसूचीमा, यसै हप्ता मतदान हुने



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । सोसम्बन्धी तयारी भएको संसद सचिवालय स्रोतले जनाएको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची रहेको बताइएको छ । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आजको सम्भावित कार्यसूचीमा फेरि राखिएको छ । सो विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएका संसद सचिवालयले जनाएको छ । नेपालले हालैमात्र आफ्ना अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । 

कानुनमन्त्री तुम्बाहाम्फेले बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र त्यसपछि अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहितको सो विधेयकमा मतदात हुने छ । संविधान संशोधन नै गर्नुपर्ने भएकोले दुई तिहाइ मतबाट मात्र यो विधेयक पास हुनेछ ।  त्यस्तै सरकारले भने संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ । यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । तर पनि राजपाले भने कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सालाई संवैधानिक मान्यता दिनेगरी सरकारले विधेयक ल्याएपछि राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन सम्बन्धी अर्को विधेयक ल्याएको छ । तर राजपाको संविधान संशोधन सम्बन्धी नै सो विधेयक भने संसद सचिवालयमा दर्ता हुन बाँकी छ । राजपाले नक्सासम्बन्धी विषय संशोधन गर्दा आफूहरुको मागलाई समेत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको थियो ।