२२ भाद्र २०८३, सोमबार
,
Latest
हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता पर्साबाट फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपाली संघले एआई च्याटबट र कल सेन्टर स्थापना गर्ने



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघले एआई च्याटबट र कल सेन्टर स्थापना गर्ने भएको छ ।

विदेशस्थित नेपाली दूतावासहरुमा फोन नउठ्ने र समयमा नै आवश्यक जानकारी नपाइने समस्याको समाधानका लागि एआई च्याटबट र कल सेन्टर स्थापना गर्न लागिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले केही हप्ता भित्रै पाइलट प्रोजेक्टका रुपमा यसको सुरुवात गरिने जानकारी दिएका छन ।

विदेशस्थित नेपाली दूतावासहरुमा अत्यधिक फोन कल आउने तर कर्मचारीको संख्या अत्यन्त न्यून भएका कारण फोन नउठ्ने समस्याको समाधान गर्न यस्तो व्यवस्था गरिएको हो ।

विदेशमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने सवै किसिमका जानकारी प्रदान गर्ने उद्देश्यले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र एनआरएनएवीचको सहमति अनुसाार श्रम संसार एपमा एआई च्याटबट सिस्टम र कल सेन्टरको पूर्णता दिने काम अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

आज श्रममन्त्री र श्रम मन्त्रालयका प्राविधिक टोली समक्ष एनआरएनएको प्राविधिक टोलीले ‘डेमो’ प्रस्तुत गरेको अध्यक्ष  श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार श्रम मन्त्रीसँगकोे छलफलमा यो सिष्टमलाई पाइलट प्रोजेक्टका रुपमा यूएईबाट शुरु गरी क्रमश: सवै देशमा लागू गर्दै जाने सहमति भएको छ ।

‘श्रम सञ्चार’ एपसँग एआई च्याटबट र सेल सिस्टमको पूर्णता दिएर विदेशस्थित नेपाली दूतावासहरुमा अत्यधिक फोन कल आउने तर कर्मचारीको संख्या अत्यन्त न्यून भएका कारण फोन नउठ्ने समस्याको समाधान हुने विश्वास गरिएको छ ।

त्यसैगरी यो डिजिटल सिष्टमवाट विदेशमा रहेका नेपालीहरुले टेलिमेडिसिन, हेल्थ एजुकेसन र कन्सल्टेसनलगायत नेपालीहरुले भोग्नु परेका समस्यालाई पनि सम्वोधन पनि गर्न सकिनेछ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष श्रेष्ठले यो कामका लागि सकारात्मक पहल गरेको भन्दै श्रममन्त्री शरतसिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवाप्रति आभार व्यक्त गर्नुभएको छ ।

 




भर्खरै