२२ भाद्र २०८३, सोमबार
,
Latest
हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता पर्साबाट फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्दो बेरुजुको मुख्य जिम्मेवार लेखा समिति होः सांसद केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले बढ्दो बेरुजुको मुख्य जिम्मेवार सार्वजनिक लेखा समिति रहेको टिप्पणी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले मुलुकमा बढ्दै गएको बेरुजु र घट्दै गएको फछ्र्यौट मुख्य जिम्मेवार लेखा समिति र संवद्ध प्रशासनिक निकाय रहेको टिप्पणी गर्नुभएको हो । उहाँले मुलुकमा बेरुजु कम गर्दै मुलुकमा आर्थिक पारदर्शीता कायम गर्नेबारे समितिले गम्भीर भएर सोच्न जरुरी रहेको बताउनुयभो । उहाँले महालेखा परीक्षकको कार्यालयभित्रको संरचना र क्षमता सुधारका लागि पनि लेखा समितिले भुमिका खेल्नुपर्ने बताउनु भयो । राज्य प्रणालीमा भएको समस्याको सुधार नगरी  लेखा प्रणालीका समस्या केवल सैद्धान्तिक बहसमा सीमित राख्दा समस्या बढ्दै जाने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘प्रत्येक वर्ष बेरुजु बढ्दै गएको छ । तर फछ्र्योट चाँही घट्दै गएको छ । यसरी बेरुजु बढ्दै जाने र फछ्र्यौट घट्दै जानेमा लेखा समिति नै बढी जिम्मेवार र लेखा समितिसँग सम्बन्धीत प्रशासनिक निकाय त्यत्ति जिम्मेवार हो । यसलाई प्रभावकारी रुपमा परिचालित गरेर बेरुजु फछ्र्यौट कसरी गर्न सकिन्छ ? र बेरुजु नै हुन नसक्ने स्थिति र नीति कसरी निर्माण गर्न सकिन्छ ? भन्नेतर्फ लेखा समिति गम्भीर त हुनैपर्छ । महालेखा परिक्ष्कभित्रै पनि स्वायत्त संवैधानिक संस्थाको हैसियतले संस्थागत रुपले निर्माण गर्नको लागि के के समस्याहरु छन् ? त्यसको संस्थागत सुधारको लागि सार्वजनिक लेखा समितिले के सहयोग गर्न सक्छ ? जतिसुकै स्वायत्त संस्था भनेपनि त्यसको आफ्नो संस्थागत संरचना राम्रो भएन भने प्रभावकारी काम गर्न सक्दैन । यो समग्र राज्य प्रणालीको कुरा हो । राज्य प्रणालीको सुधार नगरिकन, हाम्रो काम गर्ने क्षमतालाई वृद्धि नगरीकन यी समस्याहरु सैद्धान्तिक रुपले हल हुन सक्दैनन् ।’

उहाँले मुलुकमा सुशासन कायम गर्दै आर्थिक प्रशासनिक निकायहरुको संस्थागत कार्यक्षमतामा वृद्धि गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।




भर्खरै