२२ भाद्र २०८३, सोमबार
,
Latest
हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता पर्साबाट फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्दैनः सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले मुुलुकको लेखा प्रणाली बलियनो नभएसम्म लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन नसकिने बताउनुभएको हो । उहाँले सानो अर्थतन्त्र भएको नेपालजस्तो मुलुकमा यति धेरै बेरुजु आउनु सामान्य कुरा नभएको बताउनु भयो । मुलकमा सुशासनको अभाव, आर्थिक पारदर्शीता नहुनु तथा कर्मचारीको कमजोर कार्यक्षमताका कारण बेरुजु बढ्दै गइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो जस्तो सानो आकारको बजेट भएको मुलुकमा यति ठुलो बेरुजुको अंकलाई सामान्य ढंगले लिनु हुँदैन । हाम्रो देशमा आर्थिक परिचालनको पारदर्शिता देखिँदैन । त्यसलाई कसरी पारदर्शी बनाउने, जवाफदेही बनाउने ? यो महत्वपूर्ण कुरा छ । यस सन्दर्भमा मलाई के लाग्छ भने बेरुजु यति धेरै देखिनु हाम्रो आर्थिक प्रणाली पारदर्शी नहुनु, जवाफदेही नहुनु हो । यसले के देखाउँछ त भन्दा समग्रतामा हाम्रो सुशासन चाँही कमजोर छ ।

हामीले जसजसलाई जिम्मेवारी तोकेका छौं । ती व्यक्तिहरुको कार्यक्षमता कमजोर छ । बाहिर बोल्न मात्रै जान्ने अथवा कर्मचारी खटाउन मात्रै जान्ने कुराले आफ्नो मातहतको लेखा प्रणालीलाई ठिक ढंगले राख्छ कि राख्दैन भन्ने हो । आर्थिक पारदर्शीता र सुशासन कमजोर देखिन्छ । हामी अहिले लोकतान्त्रिक शासन व्यवस्थामा छौं । यदि हाम्रो आर्थिक प्रणाली नै बलियो छैन भने हाम्रो लोकतान्त्रिक शासन व्यवस्था कसरी बलियो हुन्छ ? त्यसकारण लोकतान्त्रिक राज्य प्रणालीलाई बलियो बनाउने हो भने हाम्रो लेखा प्रणालीलाई बलियो बनाउन आवश्यक छ ।’

सांसद भट्टराईले वर्तमान लेखा प्रणालीमा देखिएको कमजोरीले लोकतान्त्रिक शासन प्रणाली नै संकटमा पर्न सक्नेतर्फ सबै सचेत हुन जरुरी रहेको बताउनु भयो ।




भर्खरै