२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

संवैधानिक अधिकारको दुरुपयोग नै बेरुजुको जड होः सांसद शर्मा

संवैधानिक अधिकारको दुरुपयोग नै बेरुजुको जड होः सांसद शर्मा
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले प्रणालीगत कमजोरी र राज्य संयन्त्रमा बस्नेहरुले अधिकारको दुरुपयोग गर्दा बेरुजुको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । कुनैपनि निकायलाई संविधानले दिएको अधिकारको सदुपयोग नहुनु नै बेरुजु भएको उहाँको भनाइ छ । सांसद शर्माले बेरुजुका कारणहरूमा समयमै हिसाब मिलान नहुनु, कर्जाको प्रभावकारी असुली नहुनु, कानूनी व्यवस्थाको कमजोरी, र व्यवहारगत अनुशासन अभाव प्रमुख रहेको बताउनु भयो । उहाँले आर्थिक अनियमितता, भ्रष्टाचार र बेरुजुको समस्यालाई एउटा निकायको मात्र समस्या नभई समग्र राज्य प्रणालीको कमजोरिको परिणामा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि निकायलाई संविधानले दिएको अधिकारको सही ढंगले सदुपयोग नहुनु नै बेरुजु हुनु हो । त्यसको सही ढंगले कार्यान्वयन भएन समस्या त्यँही छ । कानूनको सुधारको कुरा, व्यवहारको सुधारको कुरा, हिसावको व्यवस्थापन र मिलानको कुरा अथवा कर्जा प्रणालीका कुराहरु, समयमा असुली नहुने कुराहरु जटील समस्याको रुपमा रहेका छन् । यी समस्यको समाधान के हो भन्ने कुरा हामीले खोज्नुपर्नेछ । अब समाधान के हो त ? समाधान भनेको आ–आफ्नो जिम्मेवारीप्रति वफादार जनताप्रति उत्तरदायी नै त्यसको सबैभन्दा समाधानको उत्तम विकल्प हो जस्तो लाग्छ । यसमा धेरै कुराहरु जोडिन्छ । समग्र राज्यको चित्र र चरित्र कस्तो छ ? हाम्रो राजनीतिक संस्कार कस्तो छ ? हाम्रो दूरदृष्टिको  प्रवृत्ति कस्तो छ ? यी कुराहरु सबै थाहा पाउनुपर्छ । जसरी अहिले देशमा आर्थिक समस्या देखा परेका छन्, भ्रष्टाचार र अनियमितताको कुराहरु आइरहेका छन् । यो कुनै एउटा संस्था विशेषको जिम्मेवारीको कुरा होइन ।’

आर्थिक सुशासन कायम गर्ने सवालमा गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।