२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

मिडिया काउन्सिल विधेयकले स्वनियमनको अवधारणा समेट्नु सकारात्मकः सरोकारवाला

मिडिया काउन्सिल विधेयकले स्वनियमनको अवधारणा समेट्नु सकारात्मकः सरोकारवाला
अ अ+ अ-

काठमाडौँ । मिडिया काउन्सिल विधेयकले मुलुकको समग्र सञ्चार क्षेत्रलाई स्वनियमन स्वमूल्याङ्कनको अवधारणालाई आत्मसाथ गर्नु सकारात्मक पक्ष भएको सरोकारवालाहरुले बताएका छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य, तथा सूचना प्रविधि समितिको आईतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।

बैठकमा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुुक्त डा. सुरेशप्रसाद आचार्यले काउिन्सलमा हुने गरेको वर्गीकरणको बोझबाट मुक्त गर्ने उद्देश्यका साथ विधेयक आएको भन्दै प्रसंशा गर्नुभयो । उहाँले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्ने अधिकार समेत कान्सिललार्ई दिनु सकारात्मक पक्ष भएको बताउनु भयो । उहाँले विधेयकमा समेटिएको स्वनियमन र स्वमूल्याङ्कनको व्यवस्थाले सञ्चार उद्योगहरुलाई थप जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधेयकमा मिडियाको लगानी र पारदर्शीताको विषय समेत समावेश गर्न खोजेको उल्लेख गर्दै यसमा आवश्यक बहस जरुरी रहेको पनि बताउनुु भयो । विधेयकमा रहेका नकारात्मक पक्षहरु हटाउँदै थप समृद्ध बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विधेयक समग्रमा राम्रोभन्दा पनि केही सकारात्मक पक्षहरु समेटेको छ । काउसिन्सललाई वर्गीकरणको बोझबाट यसले मुक्त गरिदिएको छ । यसले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्ने अधिकार प्राप्त गरेको छ । यो नयाँ विषय हो । अहिलेसम्म प्रेस काउन्सिलले यो गरेको थिएन । स्वनियमन र स्वमूूल्याङ्कनको विषयले यो विधेयकमा प्रवेश गरेको छ । मिडियाहरु आफ्ना लागि आफैं काम गर्छन्, अरु कुनै निकायको आवश्यकता पर्दैन भन्ने ढंगबाट विधेयक आएको छ । यसले विस्तारै नियमन संस्थाहरु आफैं हटेर जानेछन् भन्ने मान्यता बोकेको छ । यो विधेयकले सञ्चार क्षेत्रको लगानी र पारदर्शीताका विषय पनि समेटेको छ । यी सकारात्मक पक्ष रहँदारहँदै केही नकारात्मक पक्षहरु पनि छन् । हामीले यति धेरै विधेयक यो सम्बन्धी बनाएका छौं कि अहिलेसम्म केही विधेयकहरु त फेला पने अवस्था समेत छैन ।’

प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहालले विधेयकले प्रेस काउन्सिललाई स्वतन्त्र र सक्षम नियामक निकायको रूपमा विकास गर्ने दिशामा अघि बढेको बताउनु भयो । उहाँले मिडियासम्बन्धी सरकारले अपनाउँदै आएको नीति विधेयकले आत्मसाथ गरे नगरेको हेर्न आग्रह पनि गर्नुभयो । उहाँले प्रेस काउन्सिललाई आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमा दुवै पक्षको कुरा सुनेर मेलमिलाप गराउने नीति सरकारद्वारा स्वीकृत भइसकेको उल्लेख गर्दै उक्त नीति विधेयकमा राख्न आवश्यक रहेको बताउनु भयो । दाहालले संसदको विधायिकी कार्यमा समेत प्रश्न उठाउनु भएको छ । उहाँले पछिल्लो समय विधायन प्रक्रियामा स्वार्थ समूहहरूको प्रभाव बढेको कारण यसमा गम्भीर हुन सांसदहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नाम पछि सहमतिअनुसार आउने नै छ । प्रेस काउन्सिललाई पपत्रकार क्षेत्रको अनुगमन गर्ने  र आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीसम्बनधी सुनुवाई गर्ने स्वतन्त्र, स्वायत्त र  सक्षम निकायको रुपमा विकास गरिनेछ । रेडियो, पत्रपत्रिका, अनलाइन वा अन्य सञ्चारमाध्यम र स्रोताहरुको समेत प्रतिनिधित्व हुनेगरी समानुपाति ढंगले काउन्सिलको अध्यक्ष वा सदस्यहरुको नियुक्ति गरिनेछ । आचारसंहिता उल्लङ्घनको विषयमा उजुरीमा काउन्सिले दुवै पक्षको कुरा सुनि मेलमिलाप गराउने वा मध्यस्तता बनाउने कानून बनाउने नेपाल सरकारले स्वीकृत गरेको नीति हो । यो नीतिलाई मिडिया काउन्सिल विधेयकले आत्मसाथ गर्यो कि गरेन भन्ने सम्बन्धमा माननीयज्यूहरुसँग केही गुनासो छैन । तर विधायिकी प्रक्रियामा पछिल्लो समय स्वार्थ समूहको प्रभावले होला ठिक ढंगले विधेयकहरु आइरहेका छैनन् । त्यसमा हामी गम्भीर हुुनुपर्दछ कि भन्ने म निवेदन गर्दछु ।’

बैठकमा बोल्ने अधिकांश सरोकारवालाहरुले मिडिया क्षेत्रको सुधारका लागि मिडिया काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने गरी विधेयक निर्माण जुट्न आग्रह गर्नुभयो ।