९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले भन्दा आत्महत्याले धैरैको ज्यान लियोः लालबाबु पण्डित



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले नोवेल कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद पण्डितले कोरोनाबाट ज्यान गुमाउने भन्दा दशौं गुणा बढी आत्महत्या गर्नेको संख्या रहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

स्थानीय तहहरुमा भएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि संघीय सरकारले थप आर्थिक सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । सांसद शशी श्रेष्ठले लक डाउनका कारण जनजीवन कष्टकर बनेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 

कोरोना संक्रमणको जोखिमलाई विश्लेषण गरी लक डाउनको मोडालिटी परिवर्तन गर्नुपर्न उहाँले बताउनुभयो । स्थानीय रुपमा मापदण्ड अनुसार निश्चित दुरीलाई कायम गरी आवतजावतलाई खुकुलो बनाई दैनिक जीवन सहज र व्यवस्थित बनाउन उहाँले आग्रह गर्नुभयो ।