६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यको स्रोत, साधन अन्यायपूर्ण तवरले वितरण गरियोः उपेन्द्र यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्रोत वितरणको आधार अन्यायपूर्ण रहेको बताउनुभएको छ ।

आईतवार अर्थसमितिमा भएको छलफलमा यादवले विश्वव्यापी अभ्यास विपरित नेपालको तल्लो तहमा अत्यन्तै कम स्रोत पठाइएको बताउनुभएको हो । उहाँकाअनुसार वितरणको आधार मानवीय विकास सूचकांक र जनसख्या हुनुपथ्र्यो । तर नेपालमा त्यहाँ देखिएन । ६० प्रतिशत जनसंख्या भएको क्षेत्रमा विकास बजेटको ११ प्रतिशत मात्रै पठाइनु अन्यायपूर्ण रहेको उहाँको भनाइ छ ।

अध्यक्ष यादवले भन्नुभयो–‘जहाँ ६० प्रतिशत जनसंख्या छ, त्यहाँ बजेट विकास बजेट ११ प्रतिशत गइराखेको छ, अनि कसरी विकास हुन्छ ? के गर्न खोजेको हो ? अन्यायपूर्ण वितरण प्रणालीले गर्दा यस्तो भइरहेको छ । राज्यको अन्यपूर्ण स्रोत, साधन, वितरण प्रणाली ठिक छैन । यसको जिम्मेबारी वितरण प्रणालीमा संलग्नहरुले पनि लिनुपर्छ ।’

अध्यक्ष यादवले गरिबी, अशिक्षा, पिछडिएको वर्गसम्म राज्यको स्रोत साधन पुग्न नसकेको बताउनु भयो । राज्यको स्रोत साधनलाई समान रुपले वितरण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।