२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि आफ्नो जीवनको आहूति गर्ने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्न नहुने बताउनुभएको छ ।

आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका लागि योगदान गर्ने नेताहरुमाथि फराकिलो दृष्टिकोण राख्नुपर्ने बताउनु भयो । जवाफ दिन आउन नसक्ने भएकाले दिवंगत नेताहरुमाथि कुनै आरोप लगाउन नहुने बताउनु भयो । विपी कोईराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी अब पार्टी विशेषको नेता नभइ देशको नेता भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘योगदानलाई कदर गर्ने सम्बन्धमा यो पार्टी र त्यो पार्टी गर्नु हुँदैन भन्ने मेरो विश्वास छ । त्यसैकारण मैले शहीदहरुको सन्दर्भमा २०२० सालमा मारिनुभएका शहीद दुर्गानन्द झालाई शहीद मानिएको थिएन । शहीद भनेको मेरो र तेरो हुँदैन । नेता नमरुन्जेल मेरो र तेरो हुनसक्छ । तर मरेपछि नेता सबैको हो । विपी कोईराला बाँचुन्जेल नेपाली काँग्रेसको हुनुहुन्थ्यो अब नेपालको नेता हो ।’

‘पुष्पलाल अब नेकपाको नेता होइन, बाँचुन्जेल नेकपाको नेता हुनुहुन्थ्यो । अब उहाँ देशको नेता हो । गणेशमान अब देशको नेता हो । उहाँले गरेका योगदानले सिंगो नेपाललाई फलिफाप भएको छ भने काँग्रेसको मात्र नेता कसरी हुन्छ ? गणेशमा, विपी कोईराला मेरो नेता किन होइन ? देशका लागि बलिदान गर्नेहरुलाई पार्टी, व्यक्ति, परिवार विशेषमा जोड्न हुँदैन । त्यो देशको नेता हो । मदन भण्डारी अब एमालेको नेता होइन, उहाँ देशको नेता हो । आफ्नो जीवन देशका लागि आहूति गर्नेहरुको सन्दर्भमा फराकिलो दृष्टिकोण लिनुपर्छ । सबै नेताहरुको सम्बन्धमा साँघुरो दृष्टिकोण राख्नु हुँदैन । उहाँहरुको सन्दर्भमा अब हामीले कुनै नकारात्मक टिप्पणी गर्नु हुँदैन, कुनै आरोपित गर्न हुँदैन । किनभने उहाँहरु जवाफ दिन हुनुहुन्न उहाँ ।’

प्रधानमन्त्री ओलीले देशका लागि बलिदान गर्नेहरुलाई पार्टी, व्यक्ति, परिवार विशेषमा जोड्न नहुने बताउनु भयो ।