४ असार २०८३, बिहीबार
,
Latest
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँके दुर्घटनाः भारतबाट घर फर्किदै थिए, दुर्घटना हुँदा १२ जनाको मृत्यु, २१ घाइते



अ+ अ-

काठमाडौं । भारतबाट घर फर्किएका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान आउँदै गरेको हाइस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके सडक खण्डमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटना आइतबार राति सवा १२ बजे भएको प्रहरीले बताएको छ । दुर्घटनामा २२ जना घाइते भएकाहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ। मृतक ११ जनाको शव भेरी अस्पतालमा पुर्याइएको र मृतकको नामावली संकलन भइसकेको छैन।