९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

संस्कृतिका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्छः मन्त्री पाण्डे

संस्कृतिका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्छः मन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको क्षेत्रसँग सम्बन्धित रहेर कार्य गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आज भएको एक छलफलमा मन्त्री पाण्डेले समन्वय, साझेदारी र सहकार्यमार्फत काम गर्दा धेरै प्रगति गर्न सकिने बताउनुभयो ।

मन्त्री पाण्डेसँग आज प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ परिषद् सदस्यहरूले नेपाली ललितकलाका विविध विषय तथा क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्नुभएको थियो । हालको कार्यसमितिको दुईवर्षे कार्य विवरणमा उत्साहजनक दृष्टिकोण देखिएको बताउँदै उहाँले मन्त्रालयसँग सम्बन्धित सबै कुरामा सक्दो सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो क्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समय निकालेर प्रतिष्ठानको कुरा विस्तृतमा सुनिदिनुभएकोमा मन्त्री पाण्डेलाई आभार व्यक्त गर्दै प्रतिष्ठानको ऐन समायानुकूल परिवर्तनका लागि मन्त्रालयले सार्थक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उपकुलपति लालकाजी लामाले सांस्कृति सम्पदाको मूल्य ललितकलाले नै स्थापित गरेकाले सोको सर्वाङ्गीण विकासका लागि यसबाट प्राप्त रोयल्टीको निश्चित रकम यस क्षेत्रको विकासका लागि छुट्याउनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले दुई वर्षमा सम्पन्न गरेका कार्य, त्यसको परिणाम तथा आगामी दिनमा गरिने कार्यक्रमको विस्तृत जानकारीसहित नेपाली ललितकलाको क्षेत्रको अवधारणा, विकास, उत्थान, प्रवर्द्धनका लागि गरिनुपर्ने कानुनुी, रणनीतिक, कार्यक्रमिक तथा योजनागत कार्यहरूका बारेमा जानकारी दिनुभएको थियो ।

छलफलमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, बहुआयामिक तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङ्माङलगायतको उपस्थिति रहेको थियो ।  रासस