९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

एडिबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

एडिबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास
अ अ+ अ-

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको आज शिलान्यास गरिएको छ ।

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण हुन लागेको सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गर्नुभयो । मध्यपहाडी राजमार्गस्थित हेमजा घट्टेखोलाबाट धम्पुस हुँदै खानीगाउँसम्मको १३ किमी सात सय मिटर सडक स्तरोन्नतिको सुरु भएको हो ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको ग्रामीण सडक सुधार परियोजना (आरसिआइपी)को रु ३० करोड १८ लाख ९४ हजार लागतमा सडक स्तरोन्नति गर्न लागिएको हो ।

आरसीआइपी परियोजना पोखराका प्रमुख लक्ष्मी भण्डारीले आगामी दुई वर्षभित्रमा सडक निर्माण सम्पन्न गर्नेगरी गत फागुनमा निर्माण कम्पनी विविआर कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको जानकारी दिनुभयो । निर्माण कम्पनीले काम सुरू गरिसकेको छ ।

भण्डारीका अनुसार पहिलो सात किलोमिटरसम्म अस्फाल्ट कालोपत्र र बाँकी सडकमा ‘डिबिएसटी’ प्रविधिबाट हुनेछ । घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको २०६१ सालमा ट्रयाक खुलेको हो । पर्यटकीय गाउँमा दुई दशकपछि पक्की सडक निर्माणकार्य सुरू भएसँगै स्थानीय समेत उत्साहित भएका छन् । धम्पुस पर्यटकीय गाउँका साथै विश्वप्रख्यात मर्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वारसमेत हो ।

सडकको शिलान्यास गर्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत गराउनुभयो । उहाँले सडक निर्माणकार्य पर्यटकीय क्षेत्रसँग जोडिएको हुनाले यो परियोजना स्थानीय अर्थतन्त्र, रोजगारी, तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो ।

मन्त्री केसीले भन्नुभयो, “समयमै गुणस्तरीय रूपमा कार्य सम्पन्न गर्न, काम निरन्तर अघि बढाउन, निर्माणस्थलको नियमित अनुगमन गरी समयमै आयोजना सम्पन्न गर्ने वातावरण तयार गर्न सबैमा आग्रह गर्दछु ।”

माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले वडाको बीच भागबाट बाटो बन्ने भएकाले धम्पुसका सबै १० वटा टोल लाभान्वित हुने बताउनुभयो । उहाँले माछापुच्छ्रे गाउँपालिका–८ को अर्को पर्यटकीय ल्वाङ गाउँको सिमानासम्म अहिले सडक पुग्ने र ल्वाङबाट समेत दुई किमी निर्माण भइरहेकाले ल्वाङ, खोराकोमुख हुँदै गाउँपालिका केन्द्र र पोखरा बजार पुग्न सहज हुने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारी, पूर्वाधार विकास निर्देशनालयका महानिर्देशक दिनेशकुमार घिमिरेलगायतले सडक तोकिएको समयमै निर्माण सम्पन्न हुने र पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभएको थियो । रासस