९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा थामिएन बिराेध, गभर्नरहरूले काम गर्न नसकेकाे ट्रम्पकाे आराेप



अ+ अ-

संयुक्त राज्य अमेरिकामा अहिले एक अश्वेत नागरिक जर्ज फ्लाेएडकाे प्रहरीकाे निर्मम कारबाहीमा मृत्यु भएपछि भड्किएकाे हिंसा थामिने कुनै छाँट छैन । अमेरिका सबैजसाे ठूला शहरहरू न्यूयाेर्क, मिनियापाेलिस, लस एन्जलस समेतमा प्रदर्शनहरू भइरहेका छन् । अश्वेत नागरिकमाथि प्रहरीले बेलाबखत चरम शक्ति प्रयाेग गरेकाे याे पहिलाे घटना भने हाेइन । विगतमा पनि अश्वेत समूदायले आफूहरूमाथि विभेद हुने गरेकाे भन्दै आवाज उठाइरहेकै थिए ।

तर यसपटककाे विराेध अलि भिन्न देखिएकाे छ । यसपटककाे प्रदर्शन निकै हिंसात्मक भइरहेकाे छ । धेरै शहरमा निषेधाज्ञा लागू गरिए पनि मानिसहरू त्यसलाइ बेवास्ता गरी ताेडफाेड, लुटपाट, आगजनीमा उत्रिएका छन् । घटनाप्रति सबै गम्भीर भए पनि समस्या सुल्झाउन ठाेस प्रयास नभएजस्ताे देखिएकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अश्वेत व्यक्तिकाे मृत्युप्रति दुःख प्रकट गरे पनि हाल जारी हिंसा राेक्नेतर्फ पर्याप्त चासाे दिएका छैनन् । बरू प्रदर्शनकारीहरू दक्षिणपन्थी, बामपन्थी झुकाव राख्ने, अतिवादी समूहका सदस्य रहेका बताइरहेका छन् ।

ट्रम्पले साेमबार ट्वीट गरी राज्यका गभर्नरहरूले हिंसा राेक्न पर्याप्त काम नगरेकाे, कमजाेर देखिएकाे बताउँदै सबैजसाे गभर्नरहरू हिंसा राेक्नेभन्दा त्यसलाइ टुलुटुलु हेरिरहेकाे बताउनुभएकाे छ ।

तर समाचार संस्था एपीका अनुसार न्यूयाेर्कका मेयरले प्रदर्शनकारीकाे व्यवहार उद्दण्ड भए पनि अधिकतम संयमता अपनाउन आदेश दिनुभएकाे छ ।

अमेरिकामा जारी पछिल्ला प्रदर्शनका केही झलकहरूः (तस्वीरहरूः एपी)