२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानब बेचबिखनमा संलग्न दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ । भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार यसरी पक्राउ पर्नेमा सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्री छन् । उनीहरुलाई अदालतमा पेस गरिएकामा अदालतको आदेशले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवादी राजकुमार अच्छामीसमेतका व्यक्तिले जाहेरवालालाई भारतमा चालकको काममा लगाइदिने र खाना बस्नबाहेक नै मासिक तलब ३५ हजार भारु तथा ओभरटाइमसमेत हुन्छ भनी प्रलोभनमा पारेर भारत लगी बन्धक बनाएर बेचबिखन गरेका खुलेको छ ।

अनुसन्धानमा पीडितलाई राजकुमारले गएको वैशाख १९ गते काठमाडौँ बल्खुबाट पर्सा वीरगञ्ज पु¥याई रेशमबहादुरलाई हस्तान्तरण गरेका थिए । त्यहाँबाट उनले अटोरिक्सामा राखी भारतको रक्सौल हुँदै पटना पु¥याएको पाइएको छ । पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार डाइनामिक कम्पनीमा प्रतिव्यक्ति रु १० हजार तिर्न लगाइ सात दिनसम्म तालिमका नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको अनुसन्धानका क्रमा खुलेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पटनामा अन्य मानिसलाई फेसबुकमा इन्भाइट गर्न लगाई जाहेरवालालगायत अन्य पीडितलाई उक्त ठाउँमा घर परिवारसँग सम्पर्क तथा खान बस्न नदिइ डर, त्रास, धाकधम्की दिई फेसबुक मेसेन्जरमा अन्य मानिसहरुसँग नयाँ आइडी बनाई कुरा गर्न लगाएका थिए ।” विभिन्न प्रलोभनमा पारी भारत बोलाई मोबाइलबाट अनलाइन स्क्यामिङका काम गर्न बाध्य बनाएका पाइएको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो ।

दुई लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागजसमेत गरी करिब थप दुई महिनासम्म बन्धक बनाएका पाइएको छ । दुई महिनामा पछि पीति उम्किएर साउन १ गते नेपाल आएका र ब्युरोमा मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत मानव तस्करी कसुरमा जाहेरी दर्ता गरेका थिए । जाहेरीको अनुसन्धान गरी साउन ५ गते मुद्दा दर्ता गरिएका उनीहरुको खोजतलासका क्रममा राजकुमार अच्छामीलाई काठमाडौँको बल्खुबाट र रेशमबहादुर खत्रीलाई पर्सा पक्राउ गरिएको कुँवरले बताउनुभयो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा उनीहलाई पाँच दिनको म्याद थप भई अनुसन्धान चलिरहेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो । रासस