१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

सरकारले किन एकै पटक कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसम्बन्धि कानून संशोधन गर्दैछ ?

सरकारले किन एकै पटक कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसम्बन्धि कानून संशोधन गर्दैछ ?
अ अ+ अ-

काठमाडौँ । सरकारले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसम्बन्धि कानून संशोधनको गृहकार्य थालेको छ ।

कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गरी अद्यावधिक गर्ने उद्देश्यले अर्थमन्त्रालयले कर्मचारी सञ्चयकोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयकको मसौदा तर्जुमा गरिएको गरेको छ ।

मस्यौदामा  कुन समस्या सम्बोधनको लागि विधेयक तर्जुमा गर्नुपरेको हो भन्नेबारे समेत स्पष्ट पारिएको छ । अर्थमन्त्रालयकाअनुसार आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं ३३० मा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्ने गरी कानूनी व्यवस्था गर्ने नीतिगत व्यवस्था गरेकोले उक्त नीतिगत व्यवस्था कार्यान्वयन गर्न कानून संशोधन गरिँदैछ ।

बजेट वक्तव्यको बुँदा नं ३५० मा कोषको साझेदारीमा निर्माण तथा सञ्चालन हुने आवास परियोजनामा लगानी गरी त्यस्तो परियोजनाबाट निर्माण तथा विकास गरिएको घर घडेरी सहुलियतपूर्ण व्याजदर र किस्ताबन्दीमा कर्मचारीलाई उपलब्ध गराउने नीतिगत व्यवस्था गरेकोले उक्त नीतिगत व्यवस्था कार्यान्वयन गर्न कानून संशोधन जरुरी रहेको स्पष्ट पारिएको छ ।

कारणबारे खुलाउँदै भनिएको छ–‘कोषको ऐनमा भएका साविकका व्यवस्थालाई कार्यसञ्चालनको क्रममा अनुभुत भएका समस्या समेत निराकरण गर्ने गरी अद्यावधिक गर्न आवश्यक भयो । हाल तयार गरिएको विधेयकको व्यवस्थाबाट मौलिक हक तथा मानव अधिकारको क्षेत्रमा पर्ने प्रभाव पार्नेछ । विधेयकवाट संचय कोषको लगानीको दायरा विस्तार भई आयस्तर वृद्धिमार्फत योगदानकर्ताले प्राप्त गर्ने प्रतिफल वृद्धि हुनुका साथै कोषले लगानी गर्ने क्षेत्रका व्यवसायको विस्तारमा समेत योगदान पुग्न गई नागरिकको मौलिक हक तथा मानवअधिकारको प्रवद्र्धनमा योगदान पुग्नेछ ।’

विधेयकमा गरिएको संशोधनमार्फत कोषको कार्य क्षेत्र र लगानी विस्तार भई कोषको वित्तीय प्रभावकारीता र सो मार्फत समग्र अर्थतन्त्रमा सकरात्मक योगदान पुग्ने सरकारको अपेक्षा छ भने संशोधन प्रश्तावबाट कोषमा थप आर्थिक तथा वित्तीय व्ययभार सृजना नहुने जनाएको छ ।

अर्थ मन्त्रालयकाअनुसार  नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गरी अद्यावधिक गर्ने उद्देश्यले नागरिक लगानी कोष ऐनलाई संशोधन गर्न लागिएको हो । उक्त मस्यौदा उपर कुनै राय सुझाव भएमा १० दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा  सुझाव दिन सकिनेछ । बजेटमा आएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्नका लागि ऐन संशोधन अघि बढाइएको अर्थ मन्त्रालयले प्रष्टीकरण दिएको छ । हाल नागरिक लगानी कोष विधेयकको व्यवस्थाबाट दिगो विकासको लक्ष्य हासिल गर्न पुग्ने सहयोग अपेक्षा गरिएको छ ।

अर्थ मन्त्रालयले प्रष्टीकरण दिर्दै भनेको छ–‘लगानीको नवीनतम उपकरण समेतलाई कानूनमा समेटिएबाट आर्थिक क्रियाकलाप चलायमान भई रोजगारीमा वृद्धि र गरिवी निवारणमा सहयोग पुग्न जानेछ । कोषको लगानीको दायरा विस्तार भइ कोषको आय विस्तार भएर कोषका योगदानकर्ताले प्राप्त गर्ने प्रतिफल वृद्धि भई स्वस्थ जिवन, गुणस्तरीय शिक्षा, असमानता न्युनिकरण, भोकमरी अन्त्य लगायतका दिगो विकासका लक्ष्य हासिल गर्न योगदान पुग्नेछ ।’

कानून संशोधनबाट प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटल जस्ता नवीनतम वित्तीय उपकरणहरुमा लगानी गर्नसक्ने गरी कोषको लगानीको दायरा विस्तारमार्फत समावेशी आर्थिक वृद्धि तथा मर्यादित काम, उद्योग, नविन खोज र पूर्वाधार, दिगो शहर र वस्तिहरु, लैङ्गिक समानता जस्ता लक्ष्यहरुमा समेत प्रत्यक्ष र परोक्ष योगदान पुग्ने अर्थमन्त्रालयले जनाएको छ ।

प्रश्तावित व्यवस्थाबाट कोषको व्यवस्थापन र सञ्चालनमा प्रभावकारीता र पारदर्शिता अभिवृद्धिमार्फत सुशासन प्रवद्र्धनमा सकरात्मक प्रभाव पर्नेछ भने विधेयकको व्यवस्थाबाट जलवायु अनुकुलनमा पुग्ने सहयोग सरकारको अपेक्षा छ ।