६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय विभूती भीमसेन थापाको २५१ औँ जन्मजयन्ती मनाइयो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय विभूती भीमसेन थापाको २५१ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ ।

शुक्रवार काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा भीमसेन थापाको तस्बिरमा माल्यार्पण गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूले पुष्पगुच्छा अर्पण गरी भीमसेन थापाप्रति सम्मान प्रकट गरेका छन् । कार्यक्रममा उपस्थित व्यक्तिहरुले राष्ट्रिय विभूती थावाको प्रधानमन्त्रीत्वकालमा भए गरेका सबै कामहरू नयाँ पुस्तामाझ ल्याउनुपर्ने बताए । आउँदो वर्षभित्र धरहरा परिसरमा भीमसेन थापाको शालिक निर्माण गर्ने जानकारी पनि दिइएको छ । धरहराका जननी भीमसेन थापाले राजधानी काठमाडौँको टुँडिखेल नजिक बाघदरबारको छेउमा एक जोडी धरहरा बनाउन लगाउनुभएको थियो ।

विसं १८८२ मा समानान्तर रूपमा दुई धरहरा ठड्याइएका थिए । तर १८९० भदौ १२ गते आएको ठूलो भूकम्पले दक्षिणतर्फको धरहरा फेदैसम्म ढल्यो भने उत्तरतर्फको केही क्षतिग्रस्त भयो । पछि पूरै ध्वस्त भएको धरहरा छोडी केही मात्र क्षति भएको धरहराको पुनःनिर्माण गरियो । उक्त पुनः निर्मित धरहरा १०० वर्षपछि अर्थात् १९९० माघ २ गतेको महाभूकम्पमा फेरि क्षतिग्रस्त भयो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले धरहरा पुननिर्माण गराउनुभयो । वि.स.१९९२ सालमा पुनःनिर्माण गरिएको धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पमा क्षतिग्रस्त भएर ठुटो बनेको छ ।

धरहरा भीमसेन थापाको कीर्ति भएकाले यसलाई भीमसेन स्तम्भ पनि भनिन्छ । वि.स. १८६३ देखि १८९४ सम्म करिब ३१ वर्ष देशको शासन सम्हाल्नुभएका उहाँले कतिपय शासकीय सुधार, आर्थिक सुधार र अन्तरार्नष्ट्रिय सम्बन्ध सुधारका कामहरू गर्नुभएको छ । उहाँले कमाराकमारी प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो भने दाजुको मृत्यु भएमा भाउजूलाई पत्नीका रूपमा स्वीकार्नुपर्ने कुप्रथामाथि पनि प्रतिबन्ध लगाउनुभएको थियो । यसैगरी, समाजमा हैकम चलाएर बसेका सरकारी कर्मचारी, साहुमहाजन एवम् सम्पन्न वर्गले सर्वसाधारण श्रमिक वर्गलाई कुनै ज्याला वा पारिश्रमिक नदिई सित्तैमा आफ्नो निजी काममा लगाउने ‘बेठबेगार’ प्रथा तथा अनावश्यक भोजभतेर र दानदक्षिणाको चलन पनि हटाउनुभएको थियो ।

नेपाली सेनाको प्रधानसेनापति समेत भएका भीमसेन थापाले सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । नेपाली सेनालाई आधुनिकीकरण र सुदृढ बनाउन फ्रान्सको सहयोग लिएर आधुनिक तालिम, हतियार, पोशाक, व्यारेक, युद्धमा जाँदा सहयोगी भरिया दिने आदिको व्यवस्था गरेको पाइन्छ ।