१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई एमालेले भन्योः संशोधन राख्न सांसदहरु स्वतन्त्र छन्



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सत्ता साझेदार नेपाली काँग्रेसलाई संघीय निजामति विधेयकबारे आफ्ना सांसदहरुको संशोधन प्रश्ताव स्वतन्त्र रुपले राखेका बताएको छ ।

राष्ट्रिय सभामा रहेको निजामति विधेयकमा कुलिङ पिरियड हटाउनेबारेमा एमाले सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराएका छन् । यसबारेमा संसदमा बहस भइरहेको छ । काँग्रेसको जिज्ञासामा आफ्ना सांसदहरु संशोधन हाल्नका लागि स्वतन्त्र रहेको कुरा बताएको काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनु भयो ।

शुक्रवार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकपछि बैठकबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले काँग्रेसले कुलिङ पिरियडमा एमाले सांसदहरुको संशोधनबारे बुझ्दा एमालेले संशोधनका लागि सांसदहरु स्वतन्त्र रहेको र त्यहीअनुसार संशोधन आएको बताएको जानकारी दिनुभयो । सरकारले ल्याएकै भूमि ऐनमा पनि काँग्रेसका केही सांसदहरुले संशोधन राखेकाले यसलाई सामान्य रुपमा बुझ्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरुको समग्र पार्टीको तर्फबाट कुरा के आएको छ भने सांसदहरुले आफ्नो ढंगले संशोधन प्रश्ताव राखे । सांसदहरु स्वतन्त्र हुन्छन् । आफ्नो संशोधनहरु राख्न स्वतन्त्र हुन्छन् । भूमि ऐनमा हाम्रा १०/१२ जना सांसदहरुले राख्नुभयो । तर त्यो सरकारबाटै आएको थियो । सरकारबाटै आएको विधेयकमा पनि राख्ने प्रचलन भएकाले राखिएको हो भन्ने छ । छलफल गरेर अघि बढ्ने विषय छ ।’

कुलिङ पिरियडबारे थप छलफल गरेर टुंग्याइने पनि प्रमुख सचेतक घिमिरेले बताउनु भयो ।