१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

रुपन्देहीमा हाम्रो जनमत मजबुत छ: काँग्रेस

रुपन्देहीमा हाम्रो जनमत मजबुत छ: काँग्रेस
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले रुपन्देही ३ को उपनिर्वाचनबारे छलफल गरेको छ ।

शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी एवं पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसमेतको बैठकले रुपन्देही ३ को उपनिर्वाचनबारे छलफल गरेको हो ।

बैठकमा आगामी उपनिर्वाचनमा पार्टीको रणनीति, योजनाबारे छलफल भएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनु भयो । उहाँकाअनुसार बैठकमा मन्त्रीहरु हेरफेर गर्ने विषयले भने प्रवेश पाएन । गत निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा निर्वाचित हुनुभएको थियो । उहाँको निधन भएसँगै उपनिर्वाचन हुन लागेको हो । आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा भने कुनै छलफल नभएको प्रमुख सचेतक घिमिरेले बताउनु भयो । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ २० हजार मतसहित काँग्रेस पहिलो, एमाले १६ हजार मतसहित दोस्रो र तेस्रोमा १४ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी रहेको थियो । आउने उपनिर्वाचनमा मधेसवादी दलहरु एक भएर लड्ने चर्चा छ ।

उहाँले भन्नुभयो, ‘रुपन्देहीको निर्वाचनका विषयमा छलफल गरेका छौँ । मुख्य रुपमा केन्द्रित भनेको आगामी उपनिर्वाचनमा हाम्रो रणनीति, योजनाका विषयमा छलफल भएको छ । मन्त्री हेरफेरको विषयमा कुनै चर्चा भएको छैन । रुपन्देहीमा हामीले हेर्ने भनेको विभिन्न गठबन्धनहरु थिए गत निर्वाचनमा । ०७९ को निर्वाचनमा विभिन्न गठबन्धनबाट चुनाव लडिएको थियो । गठबन्धनलाई पर राखेर समानुपातिक मत पार्टीको हेर्दा काँग्रेस पहिलो पार्टीकै रुपमा थियो । २० हजार मत प्राप्त गरेको थियो । दोस्रो पार्टी एमाले १६ हजार र तेस्रो पार्टी रास्वपा १४ हजार मत थियो । त्यसपछि क्रमशः मधेसवादी दलहरु थिए । अहिलेको पोजिसन के छ भनेर ट्याक्कै भन्न त गाह्रो छ । विश्लेषण गरेर हेर्दा काँग्रेस, एमाले, रास्वपा र मधेसकेन्द्रित दलहरु एक भएर लड्ने भन्ने चर्चा पनि आएको छ । काँग्रेस नै पहिलो पार्टी हो । त्यो निर्वाचनमा प्राविधिक रुपले चुनाव हारेका हौँ । स्थानीय निर्वाचनमा पनि हामी पहिलो पार्टी हो । हाम्रो भोटको अवस्था मजबुत छ ।’

गत निर्वाचनमा आफूहरु प्राविधिक रुपले हारेपनि जनमतको अवस्था मजबुत रहेको काँग्रेसको ठम्याइ छ ।