२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको तयारी गरिरहेको काठमाण्डु गोर्खाजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाण्डु गोर्खाजले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो । काठमाण्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र सिइओ सुरज सिंह ठकुरीले उक्त लोगो सार्वजनिक गरेका हुन् ।

उक्त लोगोमा काठमाडौंको संस्कृत प्रतिनिधित्व गर्ने गरी समेटिएको छ । काठमाण्डु गुर्खाजको नामबाट पहिलो संस्करण खेलेको फ्रेन्चाइज टोली अब काठमाडौं गोर्खाज हुने भएको छ । काठमान्डु गोर्खाजले बागमती प्रदेशका चार जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोटाको सेरोफेरोमा रहेर क्रिकेट गतिविधि पनि गर्ने उल्लेख गरेको छ ।

यसै क्षेत्रका समर्थकलाई पनि समेट्ने काठमान्डु गोर्खाजको योजना छ । बिहीबार नै भएको पत्रकार सम्मेलनमा काठमाण्डु गोर्खाजले आगामी सिजनका लागि मुख्य प्रायोजकका रूपमा वल्र्ड लिंकसँग र हस्पिटालिटी पार्टनरका रोयल टुलिप काठमाडौंसँग सहकार्य गरेको छ । यसका लागि काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले वल्र्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालसँग र रोयल टुलिपका जनरल म्यानेजर बलराम पाठकसँग सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । गत सिजन काठमाण्डु प्लेअपमा पुग्न असफल भएको थियो । तेस्रो र चौथो स्थानका टोलीसँग सामना अंक भएपनि नेट रनरेटमा पछि पार्दा काठमाण्डु पाँचौं स्थानमा सीमित भएको थियो ।

यसपल्ट काठमाण्डुले व्यवस्थापन, लोगो र प्रशिक्षकमा पनि परिर्वतन गरेको हो । नेपाली राष्ट्रिय टोली समालिसकेका मोन्टी देसाई काठमान्डु गुर्खाजको प्रशिक्षकमा नियुक्त भइसकेका छन् । उनको प्रशिक्षण टोलीमा वसन्त शाही हुनेछन् । शाही यसअघि टोलीका मुख्य प्रशिक्षक थिए । काठमान्डु गोर्खाजको मार्की खेलाडी करण केसी हुन् । उनले आगामी सिजन उपाधि जित्ने आशा व्यक्त गरेका छन् । काठमान्डु गोर्खाजले भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरिसकेको छ ।

सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले फ्रेन्चाइज टोलीले अपग्रेड गरे मात्र एनपिएलको स्तर विकास हुने आशा व्यक्त गरेका छन् ।