२५ श्रावण २०८३, सोमबार
,
Latest
ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित साउनको अन्तिम सोमवार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड-फोटो फिचर धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको असक्षमता र कर्तव्यहीनताले शिक्षा क्षेत्र ध्वस्त भयोः सांसद भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) पटक–पटक बन्द हुने आरोप लगाउनुभएको हो ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो  आरोप लगाउनुभएको हो ।

सांसद भण्डारीले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधार गर्न सरकार असफल भएको बताउनु भयो । उहाँले पछिल्लो समय विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारतिर पाठ्यक्रम बनाउन ढिला गर्न नहुने बताउनु भयो । उहाँले विश्वबजारमा प्रतिष्पर्धा गर्नसक्ने सक्षम जनशक्ति विकास हुनेगरी विश्वविद्यालयको सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जिम्मेवार र कर्तव्यहिन सरकारका कारण शिक्षा क्षेत्र ध्वस्त भएको उल्लेख गर्दै रुलिङ गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार छ, मन्त्रालयहरु छन्, विज्ञहरु छन् । त्रिभूवन विश्वविद्यालय सधैँ बन्द किन भइरहन्छ ? किन सरकारले खोल्न सक्दैन ? विश्वविद्यालयले नयाँ कार्यक्रमहरु ल्याउन सक्दैन ? हाम्रा विद्यार्थीहरुले फार्मेसी, इन्जिनियरिङ पारामेडिकल लगायतका विषयहरु पढ्न चाहन्छ । हामी त्यस्ता कार्यक्रमहरु किन ल्याउन सक्दैनौं ? सरकारले यसको बारेमा किन काम गर्दैन ? यो आजको सबैभन्दा ठूलो सवाल हो । यहाँ सबै युवाहरु पलायन हुन भनेर दलालहरुसँग मिलेर कुनैपनि कार्यक्रमहरु ल्याइदैनन् सभामुख महोदय ।’

उहाँले सबै प्रकारको पेसामा आधारित शिक्षा सार्वजनिक विश्वविद्यालयबाटै दिएर आर्थिक कमजोरीका कारण पढ्न नपाउन अवस्था अन्त्य गर्नुपर्ने बताउनु भयो ।