१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीत, संगीतले समाजलाई उन्नत बनाउँछः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा गीतकार देवी पराजुलीका गीतहरु सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रतिभाशाली व्यक्तिहरुलाई आफूले सकेको मद्दत गर्नुले उसको मनोबल माथि उठाउन मद्दत पुग्ने बताउनु भयो । उहाँले आफू संगीत प्रेमी भएको बताउँदै समाजमा भएका कुरालाई यथार्थ रुपमा गीत संगीतका माध्यमबाट उतारेर हृदयस्पर्शी बनाउनुपर्ने बताउनु भयो । गीत, संगीतका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गर्न आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘प्रतिभाशाली व्यक्तिलाई थोरै भएपनि हौसला बढाउनसके त्यो पनि उपलब्धि हुन्छ । गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम हो । म म्युजिक लभर हो । म सुन्छु । सुन्न पनि त चाहियो नि त । गीतले समाजमा भएका कुरालाई हृदयमा छुनेगरी गीतकारले रचना गरेपछि र गायकले पनि त्यही अनुसार गाएपछि गीत पूरा हुन्छ । संविधानमा भएका अधिकार कानून बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ भन्नुभएको छ । त्यसमा मैले खेल्नुपर्ने भुमिका म खेल्नेछु ।’

उपप्रधानमन्त्री सिंहले संविधानमा भएका कुराहरुलाई कार्यान्वयन गराउन सबैको पहल जरुरी रहेको बताउनु भयो ।