४ श्रावण २०८३, सोमबार
,
Latest
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरु ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रत्येक कुराहरु सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्युनतम सुनुवाई गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले मागहरु अव्यवहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने बताउनु भयो । कोशिसको बाबजुद पनि सुनुवाई भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक नभएको पनि बताउनु भयो । बाँसको सामग्रीको प्रवद्र्धनका लागि संसदमा कुनै कानूनहरु अड्किएका भए निर्माण गर्नेकुरामा प्रतिनिधि सभा सधैँ अग्रसर रहने बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘प्रत्येक कुराहरु सडकमा गएर, आन्दोलन गरेर बाध्यकारी परिस्थिति पारेपछि मात्रै न्युनतम कुराहरुको सुनुवाई हुने परिस्थितिको अन्त्य गर्नुपर्छ । तपाईंका कुराहरु अव्यवहारिक, असान्दर्भिक, अनुचित छन् भने तत्काल सम्भव छैन भन्नेकुरा भन्यो भने नबुझ्ने कुरै छैन । प्राथमिकता नपाए सडकमै जानुपर्ने स्थिथिको अन्त्य गर्नुपर्छ । कोशिसको बाबजुद पनि सुनुवाई भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक होइन । तर त्यो तहमा जानुपर्ने स्थिति नआउनुपर्ने हो । बनाउनुपर्ने कानून, निर्देशिका निर्माण गर्नुपर्ने जस्ता कुराहरु सरकारले नै गर्ने हो । संसदमा अड्किएका भए ति पारित हुन्छन् । संसद चलिरहेको छ, त्यहाँ रोकिएको भए पारित गरेर कार्यान्वयन गर्न सकिन्छ । बाँस प्रवद्र्धन गर्नको लागि पर्नुपर्छ ।’

सभामुख घिमिरेले बाँस वनस्पतीलाई धेरै ठाउँमा प्रयोग गर्न सकिने र यसको महत्व उल्लेख्य रहेको बताउनु भयो ।