१७ श्रावण २०८३, आईतवार
,
Latest
‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा ‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदिभारामा मोटरेबल पुल निर्माण



अ+ अ-

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा रहेको अदिभारास्थित दाजुङ खोलामा मोटर चल्ने पुल निर्माण भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले रु चार करोड १० लाख ८३ हजारको लागतमा २५ मिटर लामो पुल निर्माण गरेको हो । विसं २०८० असोज २६ गते सम्झौता गरेको बिएमके कोण्डा जेभीले ठेक्का अवधिभित्रनै पुल, दुईतर्फ पहुँचमार्ग र दायाँबायाँ फुटपाथ निर्माण गरेको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।

यो पुुलबाट मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका साथै बागलुङको तमानखोला र ढोरपाटन नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन् । मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले पुल बनेपछि दरवाङ– अदिभारा– डाँडागाउँ– सोले– तमान– बुर्तीवाङ सडकमा बर्खायाममा पनि सिधा यातायात सञ्चालन गर्न सहज भएको बताउनुभयो ।

“बर्खायाममा दाजुङखोलामा बाढी आउँदा सिधा सवारी आवतजावत बन्द हुने गरेको थियो,” उहाँले भन्नुभयो, “पुल बनेपछि बर्खामा गाडी परिवर्तन र हिउँदमा खोलामा सवारी साधन तारेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ ।”

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा रु ५०/५० लाख बजेट विनियोजन गरेर गण्डकी प्रदेश सरकारको वार्षिक योजनामा समावेश भए पनि अदिभाराको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन भएको थिएन ।

म्याग्दी निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले विस २०८० जेठमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा बजेटको स्रोत सुनिश्चित, क्रमागत र बहुवर्षे योजनामा समावेश गराएर वार्षिक योजनामा समावेश हुन थालेको तीन वर्षपछि उक्त पुलको ठेक्का र निर्माण प्रक्रिया अघि बढाउनुभएको थियो । रासस