४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

गढेको जातीय खिलका गम्भीर दुई घटना

गढेको जातीय खिलका गम्भीर दुई घटना
अ+ अ-

काठमाडौँ । गएको जेष्ठ १० र १२ गते रूकुमको चौरजहारी र अमेरिकाको मिनियपोलिसमा जुन मानवता विरूद्धका अमानविय घटना घटेकाछन् त्यसले २१ औँ शताब्दीको विकासशिल र विकसित मुलुकहरूको मानवसभ्यताको खिल्लि उडाएको छ। चौरजहारी घटनामा उपल्लो ठकुरी जातकि युवती विवहा गर्न खोज्दा लखेटि, लखेटि दुलहा बन्न आएका नवराज बिकको घटना स्थलमै प्राण लिईएको छ भने जन्ति हुन आएका सन्दिप बिक, लोकेन्द्र सूनार, टिकाराम सूनार, गणेश बुढा र गोविन्द शाहीलाई लखेट्दै भेरी नदीमा हामफाल्न बाध्य पारेर प्राण लिईयो।

उता अमेरिकामा कालाजातीका जर्ज फ्लोयडलाई नक्कलि नोट प्रयोग गरेको अभियोगमा प्रहरिले गर्धन थिचेर प्राण लिएको छ। संयुक्त राष्ट्र संघले जातीय विभेद उन्मुलन गर्ने सम्बन्धी अन्तराष्ट्रिय महासन्धि २०२२ साल पोष ६ गते पारित गरेर त्यसलाई २०२५ साल पौष २१ गतेबाट लागु गरिएको थियो।अमेरिका लगायत ठूला देशहरू यो महासन्धिको साक्षि नै थिए। नेपाल सरकारले पनि राजा महेन्द्रकै पालामा २०२७ साल माघ १७ गते यसलाई अनुमोदन गरेको थियो। विसं २०४६ साल पछिको बहुदलीय व्यवस्था र २०६३ यताको गणतान्त्रिक व्यवस्थाले मौलिक हक अन्तर्गत जातीय भेदभाव नहुने बताएको छ,अझ यसलाई स्पष्ट पार्दै २०६८ सालमा जातीय छूवाछूत तथा भेदभाव (कसूर र सजाय ऐन) लागू गर्दै (ऐनको २क मा प्रत्येक व्यक्ति लाई छुवाछूत तथा भदभाव विरूद्धको अधिकार अन्तर्गत विवहा गर्ने तथा वरवधु छान्ने अधिकार सूनिश्चित गरिएको छ।

विचरा नवराज बिक बधु उपल्लो जातको भएको कारणले विवहा गर्नबाट मात्र बन्चित भएनन्,तल्लो जातको भन्ने भेदभावका कारणले ज्यानै समेत रहेन। अझ लाजैमर्दो जुन क्षेत्रबाट माओवादी जनयुद्दताका हजारौ व्यक्तिहरू वर्ग दृष्टिकोण उठेर युद्दमा लागेको भनिएको थियो र आज तिनैको सहारा लिएर केहि व्यक्तिहरूले शहरको अलिशान जिन्दगी जिईरहेकाछन्।उनीहरूलाई पनि यो घटनाले निर्वस्त्र पारिदिएको छ।

अमेरिकामा अश्वेत जातीहरू जागेका दिनहरू
अज दूनियामा शक्तिशाली राष्ट्र अमेरिकालाई यो स्थानमा ल्याईपूर्याउन अफ्रिकी कालाजातीहरूको खुन,पसिना पनि अमेरिकी माटोमा उत्तिकै वगेको छ।अफ्रिका महादेशका मानिसहरू पहिलो पटक सन् १६१९ मा अमेरिका आएका थिए, उतीबेला अमेरिका बृटिश उपनिवेश अन्तर्गत थियो। बृटिशहरूले निशुल्क श्रम कजाउन दासका रूपमा अफ्रिकन यहाँ ल्याएका थिए।त्यसबेलादेखि यी जातीहरू अमेरिकामा विभिन्न चरणका आन्दोलनहरूबाट गुज्रँदै यहाँ सम्म अईपुग्दा पनि अझै अमानवीय असमानता भोगिरहेका छन्।

अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिँकनले सन् १८६३ मा अमेरिकामा दास प्रथाको अन्त्य गरेसँगै ठूलो सँख्याका अश्वेत जातीहरूले पनि मुक्ति पाएका थिए। त्यस पछि अश्वेत जातीहरूका लागि अलग कानुनहरू बन्दै आए। लामो समयदेखि लागूरहेको अलग्याई कानुनका कारण आज पनि अश्वेत जातीहरूको ठूलो सँख्या अमेरिकाको उत्तरी विपन्न क्षेत्रहरूमा बसोवास गर्दै आएको छ। सन् १९५५ देखि १९६८ सम्म अश्वेतहरू माथिको भेदभाव अन्त्य गर्ने उद्देश्यका साथ मार्टिन लूथर किँग जुनियरले नागरिक अधिकार आन्दोलनको नेतृत्व गरे।यो विशाल आन्दोलनबाट उनलाई अश्वेत जाती का गान्धीका रूपमा पनि चिनिन थालियो। उनको नेतृत्वले अश्वेत जाती भेदभावबाट मुक्त पाउने ठूलो आशा गरिएको थियो।तर उनको ३९ वर्षको अल्पायुमै सन् १९६८ मा हत्या गरियो।उनको हत्या पछि त्यतिखेर पनि ठूलो जातीय हिँसा भड्केको थियो।त्यसपछि अमेरिकी कानुनमा कैयौ सूधार गरेर अश्वेत जातीका अधिकारहरू सूनिश्चित गरिएको थियो।

सन् २००९ मा पहिलो अफ्रिकी अमेरिकन नागरिक बाराक हुसैन ओबामा अमेरिकाको ४४ औँ राष्ट्रपति बने।यो अमेरिकी कालाजातीका लागि ठूलो गर्वको विषय थियो।यसले अमेरिकामा अब अश्वेत जातीहरूका लागि भेदभावको ठूलो खाडल पूरिएको महशुश दुनियाले गरेको थियो।तर ओबामाकै शासनकालको उत्तरार्धमा हाल जहाँ जर्ज फ्लोयडको घटना भयो मिनिसोटा राज्यको मिनियपोलिस वरिपरि २०१५,२०१६ र २०१७ मा तीनवटा हत्याका घटना घटेका थिए।जसमा क्रमशः २४ वर्षे अश्वेत जमार क्लर्क,३२ वर्षे फिलाण्डो क्यासट्याल र ४० वर्षीय महिला जस्टिन डामण्डको पुलिस द्वारा हत्या गरिएको थियो।त्यस घटनाका दोषी कसैलाई पनि कुनै कार्वाही भएन।

यी र यस्तै अन्य कैयौ घटनाहरूछन् जसले अश्वेतहरू अपराधि हुन्छन् भन्ने नश्लवादी मानसिकता अमेरिकी पुलिस र अमेरिकी श्वेत नागरिकलाई गहिर गरि गढेको छ। अझ राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमन पछि कालाजातीहरू माथिको द्वेष मानसिकता ह्वात्तै वढेको छ।त्यसैले कालाजातीहरू आफूलाई अझ असूरक्षित महशुश गरिरहेका थिए।जेष्ठ १२ गते जर्ज फ्लोयड माथि श्वेत पुलिस अधिकारीले जसरी गर्धन थिचेर मारे,त्यो अश्वेतहरू माथि जसो गर्दा पनि हुन्छ भन्ने गढेको नश्लवादी मानसिकताको उपज हो। आज अमेरिकामा जुन हिँसात्मक प्रदर्शन भैरहेका छन्,यो अहिलेको घटना ले मात्र होईन,यस अघिका अनगिन्ति घटनाहरूको आक्रोस अहिले फुटेको हो।ुयो प्रदर्शनमा सामेल एक अश्वेत युवाको भनाई हो।

आजसम्म पनि भएको प्रदर्शनमा केहिको ज्यान गएको छ,सयौ घाईते भएकाछन् र सात हजार बढिको गिरफ्तार भएको छ।लूट(पाट, आगजनि र तोडफोडले हाल सम्म करडौको क्षति पुगेको बताईएको छ।ह्वाईट हाउस अगाडिको प्रदर्शनबाट असूरक्षित महसुस गरेर त्यहाँका अधिकारीहरूले राष्ट्रपति ट्रम्पलाई केहिबेर बँकरमा समेत लुकाउन परेको भन्ने समाचारले सँसारलाई नै अधिनमा राख्न सक्छु भन्ने महानायकको हविगत कति कमजोर रहेछ,भन्ने कुरा अमेरिका भित्रै जागेको अश्वेतजातीको आन्दोलनले देखाईदिएको छ।

हाल अमेरिकामा ४० भन्दा वढि शहरमा कर्फ्यु लगाईएको छ,ट्रम्पको सेना परिचालनको घोषणा पछि आन्दोलन झन चर्किएको छ।पुलिसले पत्रकारलाई पनि घाईते बनाएको र गिरफ्तार गरिरहेको बताईएको छ।आन्दोलनको समर्थनमा बेलायत लगायत यूरोपका देशहरूमा पनि प्रदर्शन भैरहेको छ।
जर्ज फ्लोयडलाई मार्ने सूरक्षा अधिकारी डेरेक जाउमिन विरूद्द तेश्रो डिग्रीको हत्या र दोश्रो डिग्री नरसँहारको मूद्दा दायर भएको छ।उनलई जुन ८ मा अदालतमा उपस्थित गराईने बताईएको छ। सन् १७७६ मा बृटिश उपनिवेशबाट अमेरिका स्वतन्त्रताको घोषणा गर्दै थमस जफरसनले अमेरिकीहरूलाई जीवन,स्वतन्त्रता र खुशी प्राप्ती हुने प्रतिवद्दता व्यक्त गरेका थिए।त्यसयता करिब अढाई सय वर्ष बितिसकेको छ।तर गहिरो गरि गढेको जातीय भेदभावको खिल कहिले निकालिने हो अझै ठेगान छैन। (राष्टिय जनमोर्चाका नेता अधिकारीको फेसबुक वालबाट साभार)