१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द

गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले गणतन्त्रमा झार पलाएको टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । गणतन्त्र त आएको तर झार पलाएर गणतन्त्रका फूलहरु खोज्नुपर्ने भएको उहाँको भनाइ छ । हरेक दिन एकताको कुरा गर्ने तर आफैँभित्र उकुसमुकुसको स्थिति रहेको उहाँको भनाइ छ । कम्युनिष्ट आन्दोलनलाई एकता नै आवश्यक रहेको तर त्यसका लागि निश्चित दृष्टिकोणको जरुरी रहेको उहाँको भनाइ छ । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरुका झारपातहरु मौलाएको उहाँको जिकिर छ ।

महासचिव चन्दले भन्नुभयो, ‘हामी हरेक समयमा एकताको कुरा गर्छौं तर हामीभित्र उकुसमुकुस छ । हामीलाई चाहिएको एकता नै हो । हामीलाई चाहिएको मोर्चा नै हो । सहकार्य र सहयात्रा नै हो । त्यसको लागि एउटा निश्चित दृष्टिकोण नै हो । नेपाली समाजको नयाँ व्याख्या जरुरी छ । प्रचण्डहरुले निर्णय गर्नुभएको थियो, यो पहाड भत्काएको हामीले हो । निःशर्त हो । आज पनि भत्काउँछौँ । दलालहरुलाई कुनकुन खाल्डोमा हाल्नुपर्छ भन्ने राम्रोसँग थाहा छ । गणतन्त्रमा झारपात उम्रिएका छन् । गणतन्त्रका फूलहरु हेर्न झारहरु पल्टाएर हेर्नुपर्ने भयो । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरुका झारपातहरु मौलाएका छन् । कुन फूल र कुन झारपात नेपाली जनता अल्मलमा परेका छन् । बर्खामा च्याउ उम्रिएका जस्ता झारपात उम्रिएका जस्ता राजनीतिक दलहरु छन् । गणतन्त्रमा बर्खामा उम्रिएका झारपातहरु छन् । गणतन्त्र त आयो तर झारपातले ढाक्यो ।  ’

महासचिव चन्दले निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिष्ट एकतालाई अझ बलियो बनाउनुपर्ने बताउनु भयो ।