१ भाद्र २०८३, सोमबार
,
Latest
बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति विद्युतमा भ्याट लगाएर सरकारले जनतालाई सास्ती दिएको सीके राउतको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित समुदायबारे चाँडै एकीकृत कानुन बनाउनुपर्ने माग



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरूले दलित समुदायका निम्ति एकीकृत कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।

 जागरण मिडिया सेन्टरले यहाँ आज आयोजना गरेको ‘कानुन निर्माणको अवस्थामा सीमान्तकृत समुदायको सवाल’ सम्बन्धी अन्तरसंवादमा उहाँहरूले संविधान बनेको दश वर्ष हुँदा पनि दलित समुदायसम्बन्धी कानुन बन्न नसकेको भन्दै जतिसक्दो चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो।

सांसद हर्कमाया विकले संविधानको प्रस्तावनामा सबै प्रकारका जातीय विभेद र छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिए पनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

संविधानको धारा ४० को ‘दलितको हक’ मा ‘राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ भनिएको छ ।

त्यसैगरी धारा २४, को ‘छुवाछूत तथा भेद्भाव विरुद्धको हक’ (१) मा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाती, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनैपनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेद्भाव गरिने छैन’ भन्ने व्यवस्था गरिएको छ ।

सांसद रेखा यादवले दलित, महिला र मधेशीलगायत सीमान्कृत समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारको निम्ति संयुक्त सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । सांसद शान्ति चौधरीले कार्यपालिका, न्यायपालिकालगायत राज्यका हरेक संरचनामा दलित समुदायको जनसङ्ख्याको आधारमा सहभागिता सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो ।

हाल प्रतिनिधिसभामा १६ जना र राष्ट्रियसभामा आठ जना मात्रै दलितको सहभागिता छ ।  रासस