२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढेको बताउनुभएको छ ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले पटक–पटक भएका आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि सुशासन कायम हुन नसकेको बताउनुभएको हो । भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न बासी भएपनि कम्युनिष्ट आन्दोलनको अझै आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले मुलुकमा सबै सम्भव भएपनि घुस खान नसकिने राज्य बनाउन जटिल रहेको बताउनु भयो । उहाँले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरु जनताको प्रश्नबाट भाग्न खोजिरहेको आरोप पनि लगाउनु भयो । उहाँले घुस नखानको लागि निर्वाचन आयोगले रोकेको हो ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज सुशासन छैन । दलाल पूँजीवाद छ । त्यसको कारण आज रोजगारी छैन । मुलुकमा कुशासन हिजो पनि थियो । आज पनि छ । बेरोजगारी बढ्दै गएको छ । त्यसकारण हाम्रो क्रान्तीकारी आन्दोलन बासी भएपनि अझै पनि बाँकी छ । हामी घुस खान नसकिने पार्टी, राज्य कहिले बनाउँछौं ? त्यस्तो राज्य बनाउन सकिएला कि नसकिएला ? यो प्रश्न असाधारण प्रश्न हो लाग्छ । अहिले संविधानको कुरा छ । म यसलाई बबुरो संविधान भन्न थालेको छु । राजनीतिका नालायकीहरुलाई संविधानमा फालिए । के ले भएन भन्दा निर्वाचनले दिएन, संविधानले दिएन । तपाईलाई घुस नखानको लागि निर्वाचनले  रोकेको हो ? तपाईलाई गुटबन्दी नगर्नको लागि संविधानले रोकेको हो । गुटबन्दीको लागि मान्छेको खुट्टा तानातान गर्न, अंक गणित बनाउन चाकर गर्न र राजनीति भनेको केवल कुर्सीको खेल हो भन्ने साबित गर्नको लागि संविधानले रोकेको हो ?  वाध्य पारेको हो ? किन भएन भन्दा संविधानले दिएन भनेर सजिलो भएको छ मान्छेलाई । ’

उहाँले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरु भाग्न खोजिरहेको आरोप पनि लगाउनु भयो ।