३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाँजरकोट—डोल्पा खण्डमा पर्ने १३ वटा पुलमध्ये पाँच वटा पुलहरु आागमी दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण गरिसक्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले झिम्रिखोला पुल, नलगाढ खोला पुल, चौखा खोला पुल, तात्र खोला पुल, तासु खोला पुल आगामी दुई वर्षभित्र बनाइसक्ने बताउनु भयो । आ.व.०८२—०८३ मा ८ वटा पुलहरु निर्माणका लागि काम भइरहेको बताउनु भयो ।

मन्त्री दाहालले भन्नुभयो, ‘भेरी करिडोरको जाँजरकोट—डोल्पा खण्डमा पर्ने १३ वटा पुलमध्ये पाँच वटा पुलहरु आागमी दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण भइरहेका छन् । झिम्रिखोला पुल यो ३५ मिटरको छ । नलगाढ खोला पुल, १०५ मिटर । चौखा खोला पुल, २५ मिटरको । तात्र खोला पुल, यो ३५ मिटरको छ । तासु खोला पुल यो ३६ मिटरको छ । आ.व.०८२—०८३ मा ८ वटा पुलहरु निर्माणका लागि काम भइरहेको छ । रिजिगाढ, चुगाढ खोला पुल दुवै ३५ मिटरका रहेका छन् । उसुङ खोला पुल, ३५ मिटरको । गल्लीगाढ खोला पुल ३५ मिटरको । खडङ भेरी खोला पुल ३५ मिटरको । खोर खोलापुल, १५ मिटरको । त्रिपुराकोट खोला पुल ४० मिटर र वरबगाड पुल ३० मिटरको रहेको छ ।’

मन्त्री दाहालले कतिपय पुलहरु रातो कितावमा नरहेको हुनसक्ने पनि बताउनु भयो ।