२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

गठबन्धनको किचलो, कांग्रेसका नेता भन्छन्ः एक्लै हिँड्छौं, चार दलका नेता भन्छन्ः हामीलाई नछाड

गठबन्धनको किचलो, कांग्रेसका नेता भन्छन्ः एक्लै हिँड्छौं, चार दलका नेता भन्छन्ः हामीलाई नछाड
अ अ+ अ-

काठमाडौंः नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले आगामी संघीय, प्रदेश र स्थानीय तहका चुनाव एक्लै लड्न नचाहने दलहरु कांग्रेसमा विलय हुन आए हुन्छ भनेर पटक पटक भन्दै आउनु भएको छ । उपसभापति गुरुङले मात्र होइन, कांग्रेसका युवानेता एवं महामन्त्री गगन थापाले पनि गठबन्धन बनाएर चुनाव लड्ने कामको अन्त्य गर्नुपर्ने भनाई सार्वजनिक गरिरहनु भएको छ । 

पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्नु भएका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको भविष्यका विषयमा प्रष्ट धारणा सार्वजनिक नगरे पनि महामन्त्री थापाले हकी स्वरमा पटकपटक भन्नुभएको छ, “चुनावका लागि कांग्रेसलाई कसैको वैशाखी चाहिँदैन, एक्लै सक्षम छ । हामी वडादेखि केन्द्रसम्म एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा छौँ । यो हाम्रो विचारसमूहको बटमलाइन हो ।” 

नेपाली कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा सभापति देउवासँग प्रतिस्पर्धा गर्नु भएका कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले पनि आगामी तीन तहको निर्वाचनमा कांग्रेस एक्लै मैदानमा उत्रने र बहुमत ल्याउने दाबी समेत गर्नु भएको छ । गठबन्धनको नाममा देउवाले आफूलाई प्रधानमन्त्री सहित केन्द्रमा मात्र राखेको आरोप शेखर पक्षको छ । 

बिहीबार कांग्रेसका प्रभावशाली तीन नेताले कांग्रेसका लागि मौजूदा गठबन्धन आवश्यक नरहेको बताइरहँदा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय सभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने आशा गर्नु भएको छ । पाँच दलीय गठबन्धन बनेदेखि नै नेपाल मात्र होइन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक मञ्चमा होस् वा अन्य सार्वजनिक कार्यक्रममा गठबन्धनले निन्तरता पाउने बताउँदै आउनु भएको छ ।  

माओवादी केन्द्रको महाधिवेशनका क्रममा समेत कांग्रेस सभापति देउवाले गठबन्धनले निरन्तरता पाउने आशयको अभिव्यक्ति दिँदा प्रचण्डले देउवाको उच्च प्रशंसा गर्नु भएको थियो । नेपाल र प्रचण्डले मात्र होइन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल पनि गठबन्धन टिकाउनु पर्नेमा एकमत हुनुहुन्छ ।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई घेराबन्दी गर्न र एक्लाउन गठबन्धन एकातिर र सर्वोच्च अदालतको आदेशबाट सत्ताबाट बाहिरिनु परेर घाइते बाघको अवस्थामा रहेको एमाले अर्कातिर छ । एमालेका नेताहरु पाँच दलीय सत्तारुढ गठबन्धन नटुटेर एकढिक्कै रहे  पनि निर्वाचनमा खासै अप्ठ्यारो नपर्ने मनोदशामा रहेका छन् । एमालेको देशव्यापी लहर रहेको र जनमत आफ्नो पक्षमा रहेको एमालेको ठम्याई छ । देशका विभिन्न भागमा चुनावी सभा झैं आयोजित कार्यक्रममा उपस्थित जनसमूहका कारण एमाले निकै उत्साहित छ, र जतिसक्दो चाँडो चुनाव चाहन्छ । तर गठबन्धनमा सामेल कांग्रेस बाहेकका अन्य दलहरु गठबन्धनमा विग्रह आए आफूहरुको ठूलो हार हुने त होइन भन्ने चिन्ताग्रस्त छन् । खासगरी एमाले सहितका वामपन्थीहरुको मुख्य “भोट बैंक” एउटै रहेकाले पनि चुनावमा एमालेका उम्मेदवारलाई हराउनु माधव नेपाल र प्रचण्डका लागि फलामको च्यूरा चपाएसरह हुनेछ । 

यही वस्तुतथ्यलाई नजिकबाट नियाल्नु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि कांग्रेसको महाधिवेशनको मञ्च नै प्रयोग गरेर भन्नु भएको थियो, “कांग्रेसले साना दलहरुलाई कहिलेसम्म औंला दिएर लतार्छ ?” हुनत ओलीले यसअघि पनि एमालेसँग एक्लाएक्लै लड्न सत्ता गठबन्धनका दलहरुलाई चुनौती दिँदै आउनु भएको हो, तर गठबन्धनले सातै प्रदेशबाट एमालेका मुख्यमन्त्री सहित प्रदेश सरकारहरु विस्थापित गरिदिएका छन् भने बाग्मती प्रदेशबाट राष्ट्रिय सभामा यसअघि भएको निर्वाचनमा माओवादी छाडेर एमाले प्रवेश गर्नु भएका रामबहादुर थापा नै पराजित हुनु परेको थियो । 

पछिल्लो राजनीतिक समीकरणमा सत्तारुढ गठबन्धन सफल देखिए पनि आगामी निर्वाचनहरु पछिको राजनीतिक अवस्था अहिल्यै अनुमान गर्न सकिने देखिँदैन । आम जनताको मूड कतातर्फ छ र निर्वाचनमा पहिलो पटक सहभागी हुने युवाको रोजाई कस्तो रहला अहिल्यै भन्न सकिन्न । तथापी, सत्तापक्षको गठबन्धनमा रहेका चार दलका नेता भने गठबन्धन टुट्छ कि भन्ने त्रासमै रहेका देखिन्छन् । 

हुनत, दलहरुका नेता, नेतृत्व र कार्यक्रम आम जनतामाझ परीक्षण हुन बाँकी नै छ । यी दलहरु सबै एक्लाएक्लै चुनावमा गए सबैको हैसियत थाहा हुनेछ । किनकी दलहरुले आफूसँग नयाँ विचार हुँदासम्म विचार दिने हो, म यसकारण ठीक छु भन्ने हो । नत्र जनताले दलहरुलाई उनीहरुको वास्तविक हैसियत देखाइदिने छन् ।