२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार



फाईल फोटो
अ+ अ-

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका–२ स्थित खन्ती–सौरु जोड्ने निर्माणाधीन ‘सस्पेन्सन’ झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका एक युवाको जीवितै उद्धार गरिएको छ ।

थासाङ गाउँपालिका–१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पा पुलबाट खसेका थिए । कोवाङ प्रहरी चौकीका सुरक्षाकर्मी र थासाङ गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले संयुक्त रुपमा उद्धार गरेको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले कालीगण्डकी नदीमाथि ५७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरिरहेको छ । निर्माणाधीन पुलको दायाँबायाँ तर्फ बार लगाउन बाँकी थियो । उक्त पुलबाट सौरु गाउँतर्फ सामान पु(याउने क्रममा अचानक शेर्पा कालीगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीमा खसेका शेर्पाको जीवितै सकुशल उद्धार गरिए पनि अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लागेको थासाङ गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दलाल ढकालले जानकारी दिनुभयो । घटनाको सूचना चाँडो प्राप्त भएकाले सकुशल उद्धार गर्न सफल भएको स्वास्थ्य संयोजक ढकालको भनाइ छ ।

घाइते शेर्पालाई उपचारका लागि थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको र त्यहाँबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल पठाउने तयारी भइरहेको जनाएको छ ।