९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

विकेन्द्रीकरण माग गर्दै शिक्षक र विद्यार्थीद्वारा इञ्जिनियरिङतर्फको शैक्षिक गतिविधि ठप्प

विकेन्द्रीकरण माग गर्दै शिक्षक र विद्यार्थीद्वारा इञ्जिनियरिङतर्फको शैक्षिक गतिविधि ठप्प
अ अ+ अ-

ललितपुर । इञ्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सबै आङ्सिक क्याम्पसका कक्षा, प्रयोगशाला तथा शैक्षिक गतिविधिहरू ठप्प भएको १३ दिन बितिसकेको छ । विसं २०८० साउन १ गते स्थगित गरिएको विकेन्द्रीकरण तथा स्वायत्तता पुनःलागू गर्नुपर्ने माग राख्दै विद्यार्थी र शिक्षक एकैसाथ आन्दोलनमा उत्रिएका छन् ।

त्रिभुवन विश्वविद्यालयमार्फत विसं २०५५ मा इञ्जिनियरिङ अध्ययन संस्थानलाई प्रदान गरिएको विकेन्द्रीकरण तथा स्वायत्तता साउन १ गतेको सिनेट बैठकबाट स्थगन गरिएको थियो । सो निर्णयको विरोधमा शिक्षाको गुणस्तर र संस्थाको गरिमा जोगाउने उद्देश्यका साथ शिक्षक तथा विद्यार्थीहरू आन्दोलनरत रहेको आन्दोलनरत पक्षले बताएका छन् ।

इञ्जिनियरिङ अध्ययन संस्थानमा लागू भएको विकेन्द्रीकरण पुनः लागू गरिनुपर्ने माग गर्दै प्राध्यापक सङ्घ पुलचोक क्याम्पसका कोषाध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठ भन्नुहुन्छ, “हाम्रो धेरै ठूलो माग छैन । विसं २०५५ देखि लागू भएको विकेन्द्रीकरण पुनः लागू भए पठनपाठन तुरुन्त सुरू गर्छौँ । स्वायत्तता नभए इन्जिनियरिङ क्याम्पसमा शिक्षाको गुणस्तर र गरिमा जोगाउन सकिँदैन । त्यसैले क्याम्पसको गरिमा र विद्यार्थीको भविष्यको ख्याल गर्दै हामी आन्दोलनमा छौँ ।”

विकेन्द्रीकरण स्थगनसँगै इन्जिनियरिङ अध्ययन संस्थानको गरिमा घट्ने खतरा रहेको र अन्य आङ्सिक क्याम्पस जस्तै स्थितिमा पुग्ने सम्भावना रहेको पुलचोक क्याम्पसका स्ववियु कोषाध्यक्ष अल्वर्ट ढकाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “इञ्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता त्रिभुवन विश्वविद्यालयले खोसेपछि परीक्षा ढिलो हुन्छ, नतिजा ढिलो प्रकाशित हुन्छ । हामी इञ्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको भविष्यमा खेलवाड हुने सम्भावना बढेकाले स्वायत्तता पूर्णरूपमा लागू गरिनुपर्छ भन्ने मागसहित आन्दोलनमा छौँ ।”

विसं २०८० साउन १ गतेको सिनेट बैठकले विकेन्द्रीकरण स्थगन गर्दै एउटा बुँदामा समिति गठन गरी पुनःस्वायत्तता लागू गर्न सकिने उल्लेख गरेको दुई वर्ष बित्दासमेत कुनै समिति गठन नभएको पुलचोक इञ्जिनियरिङ क्याम्पसका सहप्राध्यापक अजयकुमार झाको भनाइ छ । उहाँले भन्नुभयो, “स्वायत्तता स्थगन गरेर क्याम्पसको सम्पूर्ण प्रशासनिक कार्यहरू अव्यवस्थित बनाइएको छ । सिनेटको बैठकले विकेन्द्रीकरण पारित गर्ने बेलामा आयोग बनाएर पुनःस्थापना गर्न सकिने उल्लेख गरेको थियो । सोहीअनुसार आयोग गठन होस् र हाम्रो समस्याको समाधान त्यही आयोगले गरोस् भन्ने हाम्रो माग हो ।”

विकेन्द्रीकरण तथा स्वायत्तता पुनःलागू गर्नुपर्ने माग राख्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थानका पुलचोक इञ्जिनियरिङ क्याम्पस (ललितपुर), थापाथली इञ्जिनियरिङ क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस र चितवन इञ्जिनियरिङ क्याम्पसका विद्यार्थी र शिक्षकहरू आन्दोलनमा छन् ।

असार १९ गतेदेखि ध्यानाकर्षण पत्र बुझाउने तथा साङ्केतिक आन्दोलन गर्दै आएका शिक्षक–विद्यार्थीहरूले माग पूरा नभएपछि असार २५ गतेदेखि पूर्णरूपमा पठनपाठन बन्द गरेका हुन् । पुलचोक क्याम्पसका सहप्राध्यापक अजयकुमार झाले भन्नुभयो, “हाम्रो माग धेरै ठूलो छैन, विसं २०५५ मा लागू भएको स्वायत्तता पुनः लागू गरिदिए पठनपाठन तुरुन्त सुरू हुन्छ ।”