१ भाद्र २०८३, सोमबार
,
Latest
चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीपहिरोः करिव २९ करोडको बीमा दाबी



अ+ अ-

काठमाडौँ । गत असार २३ मा रसुवामा चीनतर्फबाट आएको बाढी पहिरोबाट क्षति पु-याएको भन्दै विमितहरुले करिव २९ करोडको बीमा दाबी गरेका छन् ।

बीमा प्राधिकरणकाअनुसार शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स,सगरमाथा लुम्बिनी इस्योरेन्ससहित ९ वटा कम्पनीहरुले २८ करोड ९२ लाख रुपैयाँको दाबी गरेका हुन् ।

बीमा प्राधिकरणकाअनुसार शिखर इन्स्योरेन्समा १० ओटा दाबी परेका छन् । शिखरमा १६ करोड १२ लाख रुपैयाँको दाबी गरिएको छ । त्यस्तै नेको इन्स्योरेन्समा ३ वटाको ५ करोड १२ लाख रुपैयाँको माग दाबी गरिएको छ । सगरमाथा लुम्बिनी इस्योरेन्समा दाबी संख्या सात छ । माग दाबी रकम ३ करोड ४१ लाख रुपैयाँ छ ।

त्यस्तै, सानिमा जिआईसी लिमिटेडमा ६ वटा माग दाबी परेको छ । जसमा ७७ लाखको माग दाबी परेको छ । अर्को आइजीआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीमा ९ ओटा दाबी परेका छन् । जसमा ७५ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा मागदाबी परेका छन् । जसमा ६८ लाख बराबरको माग दाबी रकम छ ।

एनएलजी इन्स्योरेन्समा ६ वटा मागदावी परेका छन् । जसमा ४७ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा माग दाबी परेको छ । जसमा माग दाबी रकम ३१ लाख रहेको बीमा प्राधिकरणले उपलव्ध गराएको तथ्यांकमा उल्लेख छ ।

कुल ६३ वटा मागदाबीमध्ये सामुन्द्रीक बीमातर्फ हेर्ने हो भने ६ वटा दाबी परेको छ भने इन्जिनियरिङ तथा ठेकदार जोखिमतर्फ ४ वटा, सम्पती बीमातर्फ १० वटा, मोटर बीमा (सार्वजनिक) तर्फ ३२ ओटा, मोटरबीमा निजीतर्फ ११ वटा मागदाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।

रसुवामा आएको बाढीले नेपाल–चीन जोड्न पुल बगाएको थियो । जसकारण दुई हप्तादेखि रसुवागढी हुँदै चीनतर्फको व्यापार प्रभावित भएको छ । बाढीले ड्राइपोर्टका साथै सवारी साधन, कन्टेनर समेत बगाउँदा ठूलो क्षती भएको थियो ।