१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजीनामा दिएर विदेश गएकी लेखापालको नाममा आर्थिक कारोबार, प्रधानाध्यापकविरुद्ध अख्तियारमा उजुरी



अ+ अ-

काठमाडौं। पाँच महिनाअघि जागिरबाट राजीनामा दिएर वैदेशिक रोजगारीमा गएकी लेखापाल अनिता तामाङको नाममा अझै बैंक चेकमार्फत आर्थिक कारोबार भइरहेपछि अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–५ स्थित शंखादेवी माध्यमिक विद्यालयकी लेखापाल तामाङले फागुन १ गते राजीनामा दिएकी थिइन्। तर, विद्यालयको हिमालयन बैंक गोर्स्याङ शाखामा सञ्चालित खाताबाट प्रधानाध्यापक राजाराम अधिकारीसहितको हस्ताक्षर रहेको चेकमा तामाङकै हस्ताक्षर समेत देखिएपछि सरोकारवालाहरूले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन्।

स्थानीय स्रोतका अनुसार, विद्यालयमा अन्य योग्य र वरिष्ठ शिक्षकहरू हुँदाहुँदै गाउँपालिका अध्यक्ष शिव अधिकारीको प्रत्यक्ष दबाबमा राजाराम अधिकारीलाई प्रधानाध्यापक बनाइएको हो।

प्रधानाध्यापक अधिकारीमाथि आर्थिक पारदर्शिताको समेत गम्भीर प्रश्न उठेको छ। ‘सिक्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट विनियोजित ५ लाख रुपैयाँ बजेटमध्ये १ लाख रुपैयाँ प्रयोग गरेर सानो टनेल निर्माण गरे पनि बाँकी रकम कहाँ गयो भन्नेबारे उनी मौन रहेका छन्।

यस्तै, अर्को गाउँपालिकाबाट विद्यालयको पर्खाल निर्माणका लागि निकासा भएको ४ लाख ५० हजार रुपैयाँको पनि विवरण नदिएको भन्दै स्थानीयले अख्तियारमा मुद्दा दायर गरेका हुन्। यस विषयमा सम्बन्धित निकायले छानबिन अघि बढाउने तयारी गरेको जनाइएको छ।