२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा आठ टोली सहभागी हुने



अ+ अ-

ताप्लेजुङ। यही साउन २४ गतेदेखि ताप्लेजुङमा हुने अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने आठ टोलीको टुङ्गो लागेको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा सहभागी हुने टोलीबारे जानकारी दिएको हो । आयोजक समितिका अनुसार यस वर्ष सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लबले आयोजकका तर्फबाट सहभागिता जनाउनेछ ।

प्रतियोगितामा चर्च ब्वाइज काठमाडौँ, सहारा क्लब पोखरा, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी, सलहेस युवा क्लब सिराहा, फिदिम स्र्पोटिङ क्लब पाँचथर र आमन्त्रित फुटबल टोलीका रुपमा भारतको सिलगुढीस्थित ‘लेजन्ड’ फुटबल एकेडेमी सहभागी हुने निश्चित भएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

प्रतियोगिता विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ पुरस्कार पाउने छन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, नव उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु सात हजारका साथ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको क्वाटरफाइनलमा जनही रु १००, सेमिफाइनलमा जनही रु २०० र फाइनल खेलमा जनही रु २५० टिकटदर कायम गरिएको छ । ज्येष्ठ नागरिक, बालबालिका र फरक क्षमता भएका व्यक्तिहरूलाई प्रमाणपत्रका आधारमा प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ । रासस




भर्खरै