२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा यात्रुबाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, करिब १५० को उद्धार



अ+ अ-

एजेन्सी । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतबार एउटा यात्रुबाहक पानीजहाजमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १५० जनाको उद्धार गरिएको प्रान्तीय खोज तथा उद्धार कार्यालयका वरिष्ठ अधिकारी वेरी अरियान्तोले बताउनुभयो ।

“तीन जनाको मृत्यु भएको छ भने करिब १५० जनालाई सकुशल उद्धार गरिएको छ। उनीहरूलाई सुरक्षाकर्मीको संयुक्त उद्धार टोली र स्थानीय मछुवाहरूको डुङ्गाले उद्धार गरेको थियो,” उहाँले भन्नुभयोे।

अहिले पनि खोजी तथा उद्धार कार्य जारी छ। अरियान्तोका अनुसार दुई पानीजहाज, केही डुङ्गाहरू उद्धारका लागि तैनाथ गरिएको छ।

प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायको आपतकालिन टोलीका प्रमुख डानी रेपीका अनुसार स्थानीय समयअनुसार दिउँसो १:०० बजे सुलाबेसी प्रान्तको राजधानी मनाडोको पानीमा यात्रा गर्ने क्रममा ‘केएम बार्सिलोना फाइभ’ नामक जहाजमा आगलागी भएको हो।

जहाजमा करिब २८० जना सवार रहेको उहाँले बताउनुभयो।