२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना भाइरसबाट थप एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत बुधबार डोल्पामा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएपछि मृतकको संख्या १२ पुगेको हो।

डोल्पा जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण रञ्जितकारका अनुसार यही जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाँउपालिका(३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट कोरोना भाइरस पोजिटिभ आएको हो।

‘उनको मृत्यु भएपछि शंका लागेर उनीसहित उनको स्याहारसुसारमा खटिएका उनकी पत्नी र भाइसमेतको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो,’ डीएसपी रञ्जितकारले भने, ‘तीमध्ये मृतकमा कोरोना पोजिटिभ आएको जानकारी प्रतिष्ठानले गराएको हो।’

उनका पत्नी र भाइको रिपोर्ट भने नेगेटिभ अर्थात् कोरोना नरहेको आएको उनले जानकारी दिए। 

यसअघि नेपालमा कोरोना भाइरसबाट ११ जनाको मृत्यु भइसकेको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छ।