३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाद्वारा राष्ट्रव्यापी युद्धविरामको घोषणा



अ+ अ-

एजेन्सी । सिरियाली अधिकारीहरूले देशभर युद्धविरामको घोषणा गरेका छन् । दक्षिणी सिरियामा भएको घातक साम्प्रदायिक झडपले ग्रस्त देश हालै इजरायली हस्तक्षेपले पनि संकटमा रहेको छ । युद्धविरामको उद्देश्य राष्ट्रिय एकता जोगाउनु र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको बताइएको छ ।

यस कदमलाई राष्ट्रिय र मानवीय दायित्वको रूपमा वर्णन गरिएको छ । अधिकारीहरूले सबै पक्षहरूलाई शत्रुता बन्द गर्न र मानवीय सहायताको सुरक्षित वितरण सुनिश्चित गर्न आह्वान गरेका छन् ।

यो सम्झौतालाई टर्की, जोर्डन र सिरियाका अन्य छिमेकीहरूसहित क्षेत्रीय देशहरुले पनि समर्थन गरेका छन् । स्वेइदा प्रान्तमा ६ दिनसम्म चलेको साम्प्रदायिक झडपपछि युद्धविराम सम्झौता भएको थियो । जसमा सयौंको मृत्यु भएको छ ।