९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल नगई गाउँपालिकाका अध्यक्षले जिते कोरोना



अ+ अ-

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले अस्पताल नै नगई कोरोना भाइरसलाई जितेका छन् । यसबाट संक्रमित भएका उनले घरमै आइसोलेसनमा बसेर कोरोना जितेका हुन् । उनको दोस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि आइसोलेसनबाट डिस्चार्जको तयारी भएको अध्यक्ष पोखरेलले नै जानकारी दिएका छन् ।   

आफुलाई कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेकाले अस्पताल नगई कोठामा नै आइसोलेसनमा बसी कोरोनालाई जितेको पोखरेलले बताए । १२ दिनको सेल्फ आइसोलेसनले खानपान र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको भन्दै उनले यसबीचमा अध्ययनलाई आफुले विशेष प्राथमिकता दिएको बताए । 

सेल्फ आइसोलेसनमा बसेमा तनाब नहुने अनुभव उनले सुनाए । मलाई कुनै पनि औषधि लिन परेन, दिनको तीनपटक आफैले ज्वरो नाँपे,बिहान नियमित योग गरेँ, तातोपानी, तुलसी–पुदिना पानी, जीरापानी, बेसारपानी कागती खाएर आफ्नो स्वास्थ्यलाई बलियो बनाँए,अध्ययन गरेँ उनले भने । मलाई जस्तै कुनै पनि लक्षण नदेखिएका संक्रमितहरु अस्पतालभन्दा पनि सेल्फ आइसोलेसनमा बसेमा उत्तम हुने मेरो अनुभव रह्यो अध्यक्ष पोखरेलले भने । सावधानी अपनाएर सेल्फ आइसोलेसनमा बसेमा तनाब पनि नहुने उनको अनुभव छ ।