१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

सलह नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्नेः कृषि तथा पशुपक्षी विकास मन्त्रालय

सलह नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्नेः कृषि तथा पशुपक्षी विकास मन्त्रालय
अ अ+ अ-

काठमाडौं। नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ। मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह किराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश हुने छैन। सलह फट्यांग्राको प्रवेश रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा यसको प्रवेश तत्कालका लागि टरेको हो। हुमागाईंका अनुसार मनसुनी वर्षा सुरु भएसँगै नेपालमा यो फट्यांग्राको प्रवेश रोकियो। उक्त फट्यांग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको थियो। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो। भारतको दिल्ली, उत्तर प्रदेश, मध्यप्रदेश, महाराष्ट्र, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको अवस्थामा नेपालमा पनि पश्चिमी सीमाबाट छिर्ने सरकारले पूर्वअनुमान गरेको थियो।

‘तर पछिल्लो समय सुरु भएको मनसुनी वर्षा र सलहको बथान उत्तरबाट दक्षिणतर्फ आउने क्रममा स–साना टुक्रामा विभाजित भएर भारततर्फ मोडिएकाले नेपालमा तत्काल आउने सम्भावना टरेको हो,’ संयोजक हुमागाईंले भने। उनका अनुसार मन्त्रालयलाई यो फट्यांग्राले तत्काल प्रवेश गर्न नसक्ने भन्दै कार्यदलले प्रतिवेदन बुझाएको छ। ‘सुख्खा खडेरी मौसम, पानी नपरेको र हावाको बेगले साथ दिएको अवस्थामा मात्रै यो फट्यांग्रा सर्न सक्छ,’ हुमागाईंले भने। हावा पनि पूर्वबाट पश्चिमतर्फ बग्न थालेकाले नेपालको प्रवेशमा यसको रोक लागेको हो। हावा जता बग्छ, त्यतैतर्फ यसको बथान उड्ने उनको भनाइ छ। कार्यदलले यसको विषयमा थप पुष्टिका लागि संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ९एफएओ० सँग पनि सहकार्य गरेको थियो। कार्यदलले एफएओलाई पत्राचार गरी यो फट्यांग्रा नेपालमा सर्न सक्ने विषयमा आवश्यक जानकारी माग गरेको थियो। जसअनुसार एफएओले मनिटरिङ सिस्टमबाट यो विषयमा अध्ययन गरेको थियो।

एफएओका सलह विज्ञ किथ किस्म्यानले फट्यांग्राको बथान भारतकै विभिन्न सहर हुँदै राजस्थानतर्फ मोडिएको र नेपाल र बंगलादेशमा हाल यो फट्यांग्रालाई आवश्यक पर्ने हावा तथा मनसुनी वर्षा प्रतिकूल बनेको प्रतिवेदन कार्यदललाई उपलब्ध गराएको छ। हुमागाँई भने, ‘एफएओले पनि मनिटरिङ सिस्टममार्फत अध्ययन गरी नेपालमा तत्काल नआउने प्रतिवेदन दिएको छ। तत्कालै नआए पनि यो किरालाई रोकथामका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेका छौं।’ एफएओका अनुसार एक वर्ग किमि क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झन्डै चारदेखि आठ करोड फट्यांग्रा हुन्छन्। एक दिनमा फट्यांग्रा करिब एक सय ३० किमिसम्म बथान बनाएर हिँड्न सक्छन्। फट्यांग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरूले बताएका छन्। यो एक दिनमा ५ सय किमिसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा ओर्लन्छ।

यो फट्यांग्राले सम्पूर्ण कृषि बालीको बोटबिरुवा, फूल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको कार्यदलका संयोजक हुमागाईंले जानकारी दिए। हुमागाईले तत्कालै यो किरा नेपालमा नसरे पनि मौसम अनुकूल भएको अवस्थामा प्रवेश गर्न सक्ने शंका भने यथावत् रहेको जानकारी दिए। यसका लागि किसानलाई अहिलेदेखि सतर्क र तयारी अवस्थामा रहन आग्रह गरिएको छ। अन्नपुर्णपोष्ट दैनिक