३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने



अ+ अ-

काठमाडौँ। नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकामा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ ।

सेन्टरले आज यहाँ आयोजना गरेको ‘अनुसन्धान सञ्जाल निर्माण’ कार्यक्रममा समावेशी ज्ञानको विकासमा मातृभाषासम्बन्धी सामग्री प्रकाशनको सुरुआत गर्न लागिएको जनाएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा तेजबहादुर कार्कीले अनुसन्धान र खोज तथा यसको प्रकाशनमार्फत ज्ञानको सिर्जना र प्रचारप्रसारमा सेन्टरले सहयोगी निकायका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

उहाँले संस्थाको प्रभावकारिता पछिल्लो समय सशक्त र प्रभावशाली बन्दै गएको उल्लेख गर्दै अनुसन्धानको क्षेत्रमा यसको पहिचान स्थापित गराउन ऐतिहासिक पहल थालिएको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष डा दशरथ न्यौपानेले सेन्टरबाट प्रकाशित बहुविषयक ‘जर्नल’हरूले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरिसकेका उल्लेख गर्दै स्वदेश तथा विदेशमा यसले सकारात्मक प्रभाव परिरहेको जानकारी दिनुभयो ।

उहाँले जर्नलमा प्रकाशित लेखमा विद्वानहरूको सहभागिता बढ्दै गएको उल्लेख गर्नुभयो । संस्थाले अब मातृभाषामा शोध प्रकाशन थालनी गर्दै अनुसन्धानको पहुँच विस्तार गर्ने दिशामा नयाँ अध्याय सुरु गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा मुलुकका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था तथा शैक्षिक निकायमा आवद्ध विद्वान, अनुसन्धानकर्ता, सरोकार भएका व्यक्तिलगायतले अनुसन्धान, लेख र यसको प्रकाशनलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने धारणा राख्नुभएको थियो ।

वैज्ञानिक तथा समाजशास्त्रीय अनुसन्धानले राष्ट्रिय नीति निर्माणदेखि व्यवहारिक जीवनमासमेत सकारात्मक प्रभाव पार्ने भन्दै यो दिशामा संस्थाले अघि सारेका पहल प्रशंसायोग्य रहेको वक्ताहरूको भनाइ थियो । राज्यले अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा ठोस कदन नचालेकोप्रति सरोकार भएकाहरूले ध्यानाकर्षण गराउनुभएको थियो ।

रिसर्च सेन्टरले बहुविषयक अनुसन्धानमा आधारित जर्नलहरू नियमित रूपमा प्रकाशन गर्दै आइरहेको छ । संस्थाले समाजशास्त्र, व्यवस्थापन, राजनीति, सूचना प्रविधि, वातावरण, स्वास्थ्य, कानुन, शिक्षालगायत विविध क्षेत्रमा आधारित भएर अध्ययन, अनुसन्धानलाई प्राथमिकता दिँदै आएको छ ।  रासस