३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् । यी पुलले स्थानीयको आवागमन र कृषि उत्पादनको बजार पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज यहाँ आयोजित एक कार्यक्रममा ती पुलको उद्घाटन गर्दै निर्माणमा भएको ढिलाइसुस्तीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले ठेकेदारको लापरबाहीका कारण जनताले समयमा सेवा पाउन नसकेका भन्दै यस्तो ढिलासुस्ती अब स्वीकार्य नहुने बताउनुभयो ।

चैनपुर नगरपालिका-१ र मादी नगरपालिका-९ जोड्ने यावरा खोलामाथिको ६३ मिटर लामो पुलको निर्माण विसं २०७३ देखि सुरु भएको थियो । विसं २०७९ पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदार कम्पनी कुन्सालिङ निर्माण सेवाको ढिलाइका कारण तीन वर्ष बढी समय लागेको हो । पुल निर्माणमा रु सात करोड १९ लाख ६५ हजार खर्च भएको छ ।

धर्मदेवी नगरपालिका-४ र मादी नगरपालिका-६ जोड्ने मायाखोलामाथिको ६३ मिटर लामो पुल निर्माण कम्पनीको लापरबाहीका कारण निर्धारित समयभन्दा साढे तीन वर्ष ढिलोगरी सम्पन्न भएको हो । विसं २०७४ मा सुरु भएको यो पुल निर्माणमा रु छ करोड २५ लाख ३९ हजार खर्च भएको जनाइएको छ ।

यी दुई पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले यातायात र कृषि उपज ढुवानीमा राहत पाउनेछन् ।