१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

पूर्वप्रधानमन्त्रीहरूबाट अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग

पूर्वप्रधानमन्त्रीहरूबाट अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् । सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि केहीले भने त्यसरी खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेका छन् । कतिपय पूर्वविशिष्टहरूले आफैं सुरक्षाकर्मीलाई फिर्ता पठाएका छन् । यसरी सुरक्षाकर्मी फिर्ता गर्नेमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरू रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णप्रसाद सिटौला, कमल थापा छन् । यस्तै, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह र गोपालमान श्रेष्ठले पनि सुरक्षाकर्मी फिर्ता गरेका छन् । पूर्वगृहमन्त्री जनार्दन शर्मा र पूर्णबहादुर खड्काले पनि सुरक्षाकर्मी फिर्ता गरिसकेका छन् । उनीहरूले सशस्त्र प्रहरी प्रधान कार्यालयमा फोन गरेर नै सुरक्षाकर्मी फिर्ता पठाएका हुन् । यसैगरी, पूर्वमन्त्रीहरू रामशरण महत, शक्ति बस्नेत, गोविन्दराज जोशीलगायतले आफूसँग भएका दुई तिहाइ सुरक्षाकर्मी फिर्ता गरिसकेका छन् । यसरी फिर्ता भएका सुरक्षाकर्मीमध्ये धेरै सशस्त्र प्रहरीतर्फका छन् ।

गृह मन्त्रालयले कार्यविधिविपरीत पूर्वविशिष्टको सुरक्षामा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएको र सुरक्षातर्फ अपुग भएपछि फिर्ता गर्ने गरी निर्णय गर्दै मन्त्रिपरिषद्मा कार्यविधि लगेको थियो । त्यसपछि गत ८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्टको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य पथिकले मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णयपछि धमाधम सुरक्षाकर्मी फिर्ता हुन थालेको बताए । ‘मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णयपछि सुरक्षाकर्मी फिर्ता गर्ने क्रम सुरु भएको छ । सरकारले सीमा सुरक्षामा सुरक्षाकर्मी बढाएसँगै धमाधम फिर्ता हुने क्रम जारी छ । पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट पनि अब फिर्ता होला,’ गृहमन्त्रीका राजनीतिक सल्लाहकार पथिकले राजधानीसँग भने ।

सशस्त्र प्रहरीका डीआईजी एवं प्रवक्ता प्रवीणकुमार श्रेष्ठले पूर्वउपप्रधान, पूर्वगृहमन्त्रीबाट सुरक्षाकर्मी फिर्ता भएको र पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट फिर्ता भएकोबारे जानकारी नरहेको बताए । ‘केही पूर्वउपप्रधान तथा पूर्वगृहमन्त्रीज्यूहरूबाट सुरक्षाकर्मी फिर्ता भएको जानकारी आएको छ तर पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट फिर्ता भएकोबारे जानकारी छैन,’ डीआईजी श्रेष्ठले भने । सशस्त्र प्रहरीका अनुसार ८ वैशाखयता सशस्त्र प्रहरीतर्फका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भइसकेका छन् । यसरी फिर्ता भएका सुरक्षाकर्मीलाई सरकारले सीमा सुरक्षामा पठाउने बताउँदै आएको छ । सरकारले बनाएको नयाँ कार्यविधिमा भने पूर्वगृहमन्त्रीलाई दुई जना सुरक्षाकर्मी दिने उल्लेख छ । गृहले लगेको नयाँ कार्यविधिमा पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका लागि भने ४ देखि ६ जना मात्रै दिने उल्लेख छ । तर, हालसम्म पूर्वप्रधानमन्त्रीको सुरक्षामा दुई दर्जनभन्दा बढी सुरक्षाकर्मी खटिँदै आएका छन् । कार्यविधिमा सुविधास्वरूप दिइँदै आइएको पछुवा गाडीसमेत फिर्ता गर्ने उल्लेख छ । सो कार्यविधि छलफलकै क्रममा छ ।

पूर्वराजपरिवारको सुरक्षामा समेत सयभन्दा बढीको संख्यामा सुरक्षाकर्मी खटिँदै आइरहेका छन् । पूर्वप्रधानमन्त्री र पूर्वराजपरिवारको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षाकर्मी खटिँदै आएका छन् । पूर्वराजा र राजपरिवारको सुरक्षामा एक सय जनाको फौज परिचालित छ । पूर्वप्रधानमन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुरक्षाकर्मी नेकपा अध्यक्षसमेत रहेका पुष्पकमल दाहालको सुरक्षामा खटिएका छन् । उनको सुरक्षामा सशस्त्रका प्रहरीका ४८ सुरक्षाकर्मी खटिएका छन् । उनको सुरक्षाका लागि नेपाल प्रहरीबाट समेत डीएसपीको नेतृत्वमा छुट्टै समूह खटिएको छ । यसैगरी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकहाँ १४, माधवकुमार नेपालकहाँ १३, लोकेन्द्रबहादुर चन्दकहाँ १०, झलनाथ खनालकहाँ ९ र डा। बाबुराम भट्टराईकहाँ ८ जना सुरक्षाकर्मी खटिएका छन् ।

यस्तै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षामा सशस्त्रका ९ जना खट्दै आएको सशस्त्र स्रोत बताउँछ । गृहमन्त्री थापाले सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि २ वैशाखको मन्त्रिपरिषद् बैठकमा विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । ८ वैशाखको बैठकले भने कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय लिएको थियो । नयाँ कार्यविधि भने मन्त्रिपरिषद्बाट पारित हुन बाँकी छ । राजधानी दैनिक