२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने माग

कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने माग
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ ।  

संघीय संसद राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य रायमाझीले सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानतासामु सार्वजनिक गर्न माग गर्नुभएको हो । उहाँले भन्नुभयो ‘सरकारले अहिले कोरोनाको उपचारमा १० अर्ब भन्दा बढी खर्च हुने अवस्थामा पुग्यो खर्च भइसक्यो भनेर जुन कुरा गरिरहेको छ । हाम्रो सार्वजनिक खरिद ऐनले पाँच लाख भन्दा बढीको कुनैपनि आर्थिक कारोबार गर्दाखेरी त्यसलाई बोलपत्रआव्हान मार्फत गर्नुपर्छ भनेर भन्छ । यो कतिपल्ट कहाँकहाँ आह्वान गरियो र कसरी यसको कोरोनामा पैसा खर्च भयो । यो नेपाली जनताले जान्न पाउने कि नपाउने, यो सबैले जान्न पाउने कि नपाउने, खर्च भयो भनेर पुग्ने कि नपुग्ने । त्यसकारण पनि सरकारले जुन खर्च देखाएको छ । यो खर्चको विवरण फेहरिस्त रुपमा आउन प¥यो भनेर माग गर्न चाहन्छु ।

उहाँले १० अर्ब खर्च हुँदा समेत स्वास्थ्यकर्मीसँग मास्क नहुने, पीपीई नहुने अवस्था भएको बताउनुभयो । त्यस्तै आइसोलेसन सेन्टरको अवस्था पनि कमजोर हुनु र पीसीआर परीक्षण नगर्ने सरकारले कसरी १० अर्ब खर्च गर्यो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले सरकारले कोरोना नियन्त्रणका लागि काम गर्न नसकेकै कारण मान्छेको मृत्यु भएपछि मात्रै परीक्षण गर्ने र पोजेटिभ रिजल्ट देखाउने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘जव मान्छेको मृत्यु हुन्छ अनि मात्र उसको कोरोनाबाट मृत्यु भएको भनेर पोजेटिभ रिजल्ट देखाइन्छ । हाम्रो प्रविधि कस्तो खालको प्रविधि हो ? हामीले कहाँबाट ल्याएको प्रविधि हो ? किन यस्तो हुन्छ । एउटा मान्छे विरामी भएर कोरोनाको चापमा परिसकेपछि उसलाई भेन्टीलेटरमा राखेर उसको उपचार गर्नुको सट्टा मृत्यु भइसकेपछि मात्रै हामी प्रमाणित गर्न खोजिरहेको छ । ’

उहाँले सरकारले सहयोग स्वरुप पाएको स्वास्थ्य सामग्रीहरुलाई बाजरमा कालाबजारीको हातमा पु¥याए विक्री गरिरहेको बताउनुभयो । उहाँले चीन भारत र एनआरएनए हरुले सहयोगमा दिएको सामग्रीहरु व्यापारीको हातमा पुर्याई विक्री गर्न सरकरका मन्त्री र सचिवहरु नै लागेको बताउनुभयो । उहाँले भन्नुभयो ‘बजारमा स्वास्थ्य सामग्रीहरु खुद्रा पसलहरुले बेच्न पाइराखेको छैन् । तर केही फेसबुकमा आउँछ पीपीई चाहियो भने, मास्क चाहियो भने हाम्रो फलानो नम्बरमा सम्पर्क गर्नुहोस भनेर त्यस्ता कालाबजारीयाहरुलाई सरकारले रोक्ने कि नरोक्ने ? त्यसलाई पक्रेर कारबाही गर्ने नि नगर्ने ? सरकार मतियार भइरहेको छ तिनको । सरकारलाई चीनले भारतले एनआरएनहरुले दिएका सरकारका मन्त्री सचिवहरुलाई दिएका सामग्रीहरु ति व्यपारीहरुको हातमा पुगेको छ । तिनले बेचिरहेका छन आज हामीले ति मान्छेहरुसँग सोद्धा खेरी कहाँबाट आयो भन्दा माथिल्लो निकायबाट आयो भनेर जवाफ दिइरहेका छन् ।’

उहाँले सरकारले मानिसहरुलाई मान्छे जस्तो नगरी पशु व्यवहार गरेको बताउनुभयो । उहाले भन्नुभयो ‘मानवलाई मानव गनेनौं पशु व्यवहार गर्यौ । आज क्वारेन्टाइनमा बसेका मन्छेहरुको मृत्यु भइरहेको छ । तर हामीले फर्केर हेरिरहेका छैनौं । यो सरकार नागरिककको अविभावक हो कि होइन ? नागरिकको जिम्मा लिनु पर्छ की पर्दैन ? सरकारले जिम्म लिइहरको छैन । ’

यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट बनाउँदा व्यवसायीहरुसँग मिलेर कमिसन लिएको बताउनुभयो । उहाँले केही ठूला व्यापारीक घरानासँग मिलेर अर्थमन्त्री खतिवडाले चक्लेट र विद्युतिय सवारीमा कर बडाएको बताउनुभयो । उहाँले सरकारले बेवास्ता गरेका व्यवसायीहरुलाई कर तिर्नका लागि ऋण दिन अर्थमन्त्रीलाई आग्रह गर्दै त्यसको जमानी आफु बस्ने समेत बताउनुभयो । उहाँले भन्नु भयो ‘विशाल ग्रुप जो विराटनगरकै मान्छे हुन, व्यापारी हुन अग्रवालहरु तीनको गाडि आउँदाखेरी गाडि यति सय वटा गाडि आउँदै छ इलेक्ट्रिक गाडिहरु यति सयवटा भित्रिदै छ । भित्रिएपछि भन्सार बढाउने । अनि सरकारको एउटा चक्लेटमा १० प्रतिशत छुट गर्दाखेरी ३० करोड भन्दा बढी फाइदा हुने उसले जुन चिज इम्पोर्ट गर्छ त्यसमा बढाइएको छैन घटाइएको छ । अरु व्यपार व्यवासय गर्ने मान्छेलाई सन्नटा देखिन्छ । त्यसकारण म भन्छु अर्थमन्त्री ज्युले जुन ऋण तिरेर भएपनि तिर भनेर भन्नु भएको छ । आज ति व्यापारीलाई ऋण दिनुहोस अर्थमन्त्री ज्यु र त्यसको जमानी म बसम्ला त्यसो गरे कसो होला ?’