३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज साफ यू–२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै



अ+ अ-

काठमाडौं । साफ अन्डर–ट्वेन्टी महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ ।

बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे सुरु हुने छ ।

जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो।

आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ ।

नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ । दुवै खेलमा नेपाल ७–० गोलले विजयी भएको थियो ।

आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३–२ गोलले हारेको थियो।

नेपालले ४ खेलबाट ९ अंक बटुलेको छ । ३ खेलबाट घरेलु बंगलादेशको ९ अंक छ ।

नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।

लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।