२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

विदेशी चकलेटमा आयातमा मुलुकलाई ५० करोड घाटा : सांसद कँडेल

विदेशी चकलेटमा आयातमा मुलुकलाई ५० करोड घाटा : सांसद कँडेल
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेद राज कँडेलले जिम्मेवार निकायले सूचना बेचेर रातारात १ सय २० वटा विद्युतिय सवारी साधन पैठारी भएको आरोप लगाउनुभएको छ । 

प्रतिनिधिसभाको आईतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै सांसद कँडेलले अर्थनीति तय गर्नेहरुबाट नै बजेटको गोप्य सुचना वेच्ने काम गरेको आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो । “ आफ्नो स्वार्थका लागि देशको अर्थनीति तय गर्ने जिम्मेवार निकायबाटै अति गोप्य बजेट आउने केही दिन अघि सूचना बेचेर रातारात १ सय २० विद्युतिय सवारी पैठारी गरियो ।”

विद्युतीय सवारी साधन आयातमा १ सय १३ प्रतिशत कर लगाउने निर्णय लाई प्रतिगमनकारी निर्णय को संज्ञा दिनुभयो । विद्युतीय सवारी साधनमा कर बढाउनु वातावरण विनास र इन्धन लगायतको आयात बढाउने प्रतिगमनकारी निर्णय हुनुको साथै सरकारको जनताप्रतिको राजनीतिक वेइमानी भएको टिप्पणी गर्नुभयो । उहाँले चुनावी घोषणा र प्रधानमन्त्रीको प्रतिवद्धता विपरित अर्थमन्त्रीले विद्युतीय सवारी साधनमा कर वृद्धि गर्ने निर्णय गरेको आरोप पनि उहाँले लगाउनुभयो । उहाँले नेकपाको चुनावी घोषणा पत्रमा आगामी ३ बर्षमा काठमाण्डौ उपत्यकाभित्र विद्युतिय सवारी साधन मात्रै प्रयोग गरिने कार्ययोजना लागु गर्ने भनी भोट माग्ने काम गरेको तथा २ बर्ष अघि साझा यातायातले काठमाण्डौमा सुरु गरेको विद्युतीय सवारीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सन् २०२० भित्र नेपालका कुल सवारी मध्ये २० प्रतिशत विद्युतिय हुने घोषणा गरेको स्मरण गराउनुभयो ।

उहाँले मुलुकका पूँजीपतिहरुले महंगा गाडी प्रयोग गरेका कारण देशको पैसा बाहिरीनबाट रोक्न विद्युतिय गाडीमा कर बढाउन परेको सरकारी तर्क झुटो तर्क भएको दाबी गर्नुभयो । यो निर्णयले दीर्घकालिन रुपमा सरकारलाई नै घाटा हुने भएकाले निर्णय फिर्ता लिन माग गर्नुभयो । उहाँले राष्ट्रपति, प्रधानमन्त्री समेतले विद्युतीय सवारीप्रति गरेको प्रतिवद्धतालाई अर्थमन्त्रीले हटाएको भन्दै रोष प्रकट गर्नुभयो ।

उहाँले विदेशी चकलेटमा आयातमा मुलुकलाई ५० करोड घाटा भईरहेको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो  “चकलेटमा १० प्रतिशत छुट गरेर विदेशबाट ५ अर्बको चकलेट ल्याईन्छ र १० प्रतिशत डिस्काउण्ट गरेर भन्सार घटाएर ५० करोडको घाटा गराईन्छ । ”