१४ असार २०८३, आईतवार
,
Latest
कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे दुई महिनापछि सुनचाँदीको कारोबार खुल्ला, तोलामा १० हजारले महंगियो



अ+ अ-

काठमाडौं । नेपाल सुनचाँदी महासंघले साडे दुइ महिनापछि सुनचाँदीको कारोबार खुलेको छ । गत चैत ८बाट बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको हो । 

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तोकेको छ भने तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो ।

लकडाउनपछि सुनको मूल्य तोलामा करिब १० हजार रुपैयाँले बढेको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ । लकडाउनअघि र पछि तुलना गर्दा चाँदी प्रतितोला २ सय रुपैयाँ महंगिएको छ ।