काठमाडौं । नेपाल सुनचाँदी महासंघले साडे दुइ महिनापछि सुनचाँदीको कारोबार खुलेको छ । गत चैत ८बाट बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको हो ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तोकेको छ भने तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो ।
लकडाउनपछि सुनको मूल्य तोलामा करिब १० हजार रुपैयाँले बढेको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ । लकडाउनअघि र पछि तुलना गर्दा चाँदी प्रतितोला २ सय रुपैयाँ महंगिएको छ ।