१२ श्रावण २०८३, मंगलवार
,
Latest
लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेत महिला जेसीजको नेतृत्व विकास अभियान सुरु



अ+ अ-

सुर्खेत। युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक जागरूकता अभिवृद्धिका उद्देश्यले सुर्खेत महिला जेसीजले सप्ताहव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत अध्यक्ष कमला बस्याल देवकोटाले कार्यक्रमको रूपरेखा सार्वजनिक गरेकी हुन्। कार्यक्रम साउन ३ गते शनिबार बिहान ११ बजे होटल जियानाबाट सुरु हुनेछ, जहाँ तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ। यो कार्यक्रम सिखा सोनी र भिमा शाहीको संयोजनमा सञ्चालन हुनेछ।

साउन ४ गते आइतबार, मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने कार्यक्रम अमरज्योति माध्यमिक विद्यालयमा हुनेछ, जसको संयोजन बसन्ता कार्कीले गर्नेछिन्।

साउन ५ गते सोमबार दिउँसो १२ः१० बजे वीरेन्द्रनगर–११ को वडा कार्यालयमा कानुनी साक्षरतासम्बन्धी कार्यक्रम हुनेछ, जसमा रितु बयलकोटी संयोजक रहनेछिन्।

साउन ६ गते मंगलबार बिहान ७ बजे पिपलचौतारामा रक्तदान कार्यक्रम आयोजना हुनेछ। त्यसपछि साउन ७ गते बुधबार दिउँसो वीरेन्द्रनगर–१० को वडा कार्यालयमा महिला उद्यमीहरूसँग अन्तरक्रिया कार्यक्रम हुनेछ।

सप्ताहव्यापी अभियानको समापन साउन १० गते होटल जियानामा नारी सम्मान समारोहका साथ गरिनेछ। रक्तदान कार्यक्रम निशा बुढाको संयोजनमा, अन्तरक्रिया कार्यक्रम कान्ता लक्ष्मी कार्की र सुमित्रा चौधरीको संयोजनमा तथा समापन समारोह स्वस्तिका बुढा र विजय गौतमको संयोजनमा हुनेछ।

संपूर्ण कार्यक्रमको समन्वयका लागि भावना रानालाई मूल संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष देवकोटाले जानकारी दिइन्। यस कार्यक्रममार्फत महिला जेसीजले समुदायमा सकारात्मक परिवर्तन र युवा सहभागिताको वातावरण बनाउन चाहेको स्पष्ट गरिएको छ।