२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पोलिटव्यूरो बैठक : प्रतिवेदनमाथि छलफल (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ, २ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा विधान संशोधन प्रस्तावमा छलफल भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा सम्पन्न भएको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राख्नुभएको छ ।

विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोल्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्नुभएको थियो । उहाँले अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माणको काम रहेको बताउनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह गर्नुभयो । विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन)को धारा ६४ मा रहेको ७० वर्ष उमेरहद र दुई कार्यकाल व्यवस्था हटाउने राखिएको छ ।

त्यसैगरी, विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जनासहित केन्द्रीय कमिटीको सङ्ख्या दुई सय ५१ रहने राखिएको छ । यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटव्यूरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ ।

यस्तै, विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यका रूपमा मानिएको थियो । बैठकले पार्टीमा सदस्य र सङ्गठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । जनसङ्गठनमा आबद्ध रहेका सदस्यलाई खारिँदै आएपछि पार्टीले प्रशिक्षित गरेपछि मात्र सङ्गठित सदस्य रहने छन् ।

यस्तै, पोलिटव्यूरो बैठकमा महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको भन्दै १५ प्रतिशतले पार्टी सङ्गिठत सदस्य बढेको जानकारी गराउनुभएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । “अहिलेको पार्टी सदस्यता, नवीकरण हेर्दा खेरी झण्डै १५ प्रतिशत बढेको भन्ने जानकारी गराउनुभयो, तथ्याङ्क आउने क्रम जारी छ । सबै तथ्याङ्क आएपछि सार्वजनिक गर्दछौँ”, उहाँले भन्नुभयो ।

बैठक भोलि बिहान ११ः०० बजे पुनः पार्टी कार्यालयमा बस्ने छ । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।रासस

[3d-flip-book id=”354936″ ][/3d-flip-book]