२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

यत्ति बजेट ल्याउन किन मन्त्री चाहियो सचिवले ल्याउन सक्थे : सांसद महत

यत्ति बजेट ल्याउन किन मन्त्री चाहियो सचिवले ल्याउन सक्थे : सांसद महत
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले सरकारको बजेटको चर्को विरोध गरेका छन् । 

सांसद गजेन्द्र बहादुर महतले सरकारको बजेटलाई गुटहरुको बजेटको संज्ञा दिनुभयो । उहाँले बजेट निर्माण गर्ने क्रममा जनताका प्रतिनिधिसंग औपचारीक कुरा गर्ने तर शिर्षगत विनियोजनमा कर्मचारीहरुसंग मिलेमतो गर्ने गरिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिलेको बजेट कर्मचारीले चलाएको बजेट छ । अहिलेको दलालले चलाएको बजेट छ । अहिलेको बजेट भित्रियबाट चलाएको बजेट छ ।  अहिलेको बजेट गुटबाट चलेको बजेट छ । ”

सांसदहरुलाई सरकार गठनको बेलामा मात्रै प्रयोग गर्ने गरिएको भन्दै उहाँले सांसदहरुलाई  बाटो खर्च दिएर घर फर्काउन भन्नुभयो ।

उहाँले भन्नुभयो “यत्ति बजेट ल्याउन मन्त्री नै चाहिन्छ ? सचिवले ल्याउन सक्थे यत्ति बजेट , म यतातिर पनि अनुसन्धानमा लागिरहेको छु  यो बजेट ल्याउन हामी माननीय हरु कहाँ जानुपर्छ । गुटको भेलामा जानुपर्छ कि ? कहीँ भेटी चढाउन पर्छ कि ? कर्मचारीहरुको सेवा गर्नुपर्छ कि? के गर्नुपर्छ । यो मन्त्रीले चलाएको बजेट नै होइन । कर्मचारीको सेटिङमा मात्रै आएको देखिरहेको छु । माननीयको बजेट आएकै छैन । माननीयको बजेट एउटा कुनामा छ । सबै कर्मचारीले सेटिङ गरेको बजेट मात्रै छ । अब माननीयहरु चाहिदैन । माननीयहरुलाई सरकार गठन गरिसकेपछि बाटो खर्च दिएर ल जाउ घर । यहाँ सचिवहरु छदैछन् । सिडिओहरु छदैछन् । जे भन्यो हस् हस् हस् भनिहाल्छन् । हामी माननीय त हस् भन्दैनौ । हाम्रै सरकार भए छ भन्दैनौ । अर्काको सरकार भए त झन किन भन्थ्यौ र हामीले ? हस् हस् भन्ने मान्छेलाई यहाँ राख्नुपर्यो हामीहरुलाई विदाई गर्नुपर्यो । किनभने हाम्रा कुरै सुनिदैन । सरकार बन्नेबेला सम्म हामी भाँडो भयौ अब ठाडो भईसक्यौ । ”

उहाँले सरकारको बजेटबाट कोही पनि सन्तुष्ठ नरहेको टिप्पणी गर्नुभयो । उहाँले सरकारको आलोचना बढ्दै गएकाले बजेटप्रति असन्तुष्ठ भएर सरकारको आलोचना गर्न भन्दा किन आलोचना हुन्छ भन्ने अनुसन्धानमा लागेको भन्दै व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “बजेटबाट मान्छेहरु सन्तुष्ठ छैनन् । हामी पनि सन्तुष्ठ छैनौ । सरकारको खाली विरोध गरिरहनु भन्दा किन विरोध भईरहेको छ भनेर अनुसन्धान तिर लागिरहेको छु । माननीयहरु धेरै भएर विरोध गरेको हो कि ? माननीयहरु कम गर्नुपर्ने हो कि ? विरोध धेरै हुन थाल्यो । त्यसैले म अनुसन्धानतिर लागिरहेको छु । जोश जाँगर भएका धेरै कुरा गर्ने मन्त्रीहरु आएका केही हाम्रा कुरा सुन्लान् भनेको त । झन यस्तो वेहाल भईरहेको छ हाम्रो । बजेट किताव हेर्दा कहालीलाग्दो छ । आफैलाई टिठ लाग्दो भईरहेको छ । म ५ बर्षसम्म के गरेर जाने हो ? ”

विद्युतिय सवारी साधनमा कर बढाउनु, निजी स्कुलले सार्वजनिक स्कुलको दायित्व लिने , चकलेटको कर लगायत विषयमा मिलेमतोे भएको दाबी उहाँले गर्नुभयो ।